December 2nd, 2016

नेपालको शैक्षिक सुधारका लागि एडिबीले दियो १३ अर्ब ऋण

adb-1एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामा र उक्त मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरेका हुन् । बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।

विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा उक्त ऋण उपयोग गरिने छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]