December 3rd, 2016

आईएमई लिमिटेडले माग्यो कर्मचारी

आइएमई लिमिटेडले एक जना डाटा एनालिस्ट र एक जना सेक्रेटरी माग गरेको छ । कम्पनीले काठमाडौँस्थित पानीपोखरीका लागि उक्त पदमा दरखास्त आह्वान गरेको हो । 

डाटा एनालिस्टका लागि कम्तीमा मेनेजमेन्ट अथवा इन्फरमेसन सिस्टममा स्नातक उतीर्ण, एकदेखि दुई वर्ष सम्बन्धि क्षेत्रमा काम गरेको अनुभव भएको तथा माइक्रोसफ्ट एक्सेल र पावरपोइन्ट चलाउन जानेको हुनुपर्नेछ ।

सेक्रेटरीका लागि विजनेस एडमिनिस्ट्रेसन तथा सम्बन्धित विषयमा डिग्री हासिल गरेको, कम्तीमा स्नातक उतीर्ण गरेको, माइक्रोसफ्ट अफिस प्रयोग गर्न जानेको, संस्थागत र समय व्यवस्थापन गर्ने सीप भएको, आत्मविश्वासका लागि डिल गर्न सक्ने तथा सम्बन्धि क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई मंसिर २२ गतेभित्रमा कम्पनीको इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न आह्वान गरिएको छ । थप जानकारी चाहिएमा कम्पनीको अफिसियल वेभसाइट www.imeremit.com भिजिट गर्न सक्नुहुनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]