December 2nd, 2016

सुनचाँदीमा बैंकहरुको लगानी सवा २८ अर्ब बढी

gold

रोयल आचार्य (डीपी) । सुनचाँदी धितो राखेर अहिले अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आएका छन् । पहिले सरकारी नेपाल बैंक, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले मात्र यस्तो कर्जा दिने गरेको थिए । बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाले निजी क्षेत्रका बैंक पनि यसमा लागेका छन् । सस्तो ब्याजदर र सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा धेरैले कर्जा लिने गरेका छन् । सुन धितो राखेर कर्जा लिँदा बैंकले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेको छ ।

यसमा लाग्ने ब्याज पनि अन्य ऋणको तुलनामा सस्तो छ । बैंकहरुले सजिलै सुनचाँदी धितोमा ऋण दिन्छन् । बैंकहरुका लागि पनि अन्य क्षेत्रमा दिइने कर्जाभन्दा यसमा जोखिम कम हुन्छ । सुनको मुल्य र उपलब्ध गराउने कर्जाबीचको मार्जिन ३० देखि ४० प्रतिशतसम्म फरक हुने भएकाले बैंकको लागि यो कर्जा जोखिम कम हुन्छ ।

सूनचाँदी धितोमा बैंक तथा वित्तिय संस्थाको लगानी घटेको छ । ०७२ असोजसम्ममा सुनचाँदी धितोमा २८ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको थियो । यस बर्षको साउनसम्ममा बढेर ३० अर्ब ६४ करोड रुपैयाँ पुगे पनि पछिल्लो तीन महिनामा यस क्षेत्रको लगानी करिब २ अर्बले घटेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा २८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् ।

सुनको भाउ अस्थिर भएपछि बैंकहरूको लगानी यस क्षेत्रमा घट्न थालेको छ । नेपालमा सुनको भाउँ घट्ने बढ्ने प्रक्रिया चलिरहेको छ । गत बर्ष धेरै अस्थिर रहेको सुनको भाउँ कहिले ह्वात्तै बढ्ने त कहिले घट्ने भइरहेको छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्छन् । मूल्य घटबढ हुँदा मूल्यांकनसमेत कम भएकाले लगानी कम देखिएको राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]