December 1st, 2016

सगरमाथा इन्स्योरेन्समा ठूलो संख्यामा जागीर खुल्यो

sagarmathaसगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा विभिन्न सात पदमा जागीर खुलेको छ । कम्पनीले सिनियर मेनेजर/मेनेजर, डेपुटी मेनेजर/एसिस्टेन्ट मेनेजर, एसिस्टेन्ट मेनेजर अफिसर (बीमा दाबी), अफिसर (मार्केटिङ), अफिसर (अन्डरराइटिङ/पुनर्बीमा), एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट र प्रशिक्षार्थी माग गरेको हो । 

सिनियर मेनेजर/मेनेजर, डेपुटी मेनेजर/एसिस्टेन्ट मेनेजरका लागि बैंकिङ र बीमा, मार्केटिङ लगायत सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको (स्नातकोत्तर गरेकोलाई प्राथमिकता), प्रोडक्ट र विजनेस नेटवर्कबारे ज्ञान भएको, नयाँ सञ्जाल विस्तार गर्न सक्ने क्षमता भएको र बीमासम्बन्धि नीति नियमहरु जानेको हुनुपर्नेछ । कम्पनीले सिनियर मेनेजर/मेनेजरका लागि ५ वर्ष (सिनियर मेनेजरको रुपमा) र डेपुटी मेनेजर/एसिस्टेन्ट मेनेजरका लागि ४ वर्ष (मार्केटिङ–कम्तीमा २ वर्ष मेनेजर लेभलमा रहेर) बीमा क्षेत्रमा काम गरेको हुनुपर्ने समेत जनाएको छ ।

एसिस्टेन्ट मेनेजर अफिसर (बीमा दाबी), अफिसर (मार्केटिङ) र अफिसर (अन्डरराइटिङ/पुनर्बीमा) का लागि पनि बैंकिङ र बीमा, मार्केटिङ लगायत सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । यसबाहेक एसिस्टेन्ट मेनेजर अफिसर (बीमा दाबी) का लागि पाँच वर्ष एसिस्टेन्ट मेनेजर र चार वर्ष अफिसर पदमा रहेर बीमा तथा वित्तीय संस्थामा काम गरेको र बीमा दाबी प्रक्रिया सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्नेछ । त्यस्तै, मार्केटिङ अफिसरका लागि कम्पनीले चार वर्षको अनुभव माग गरेको छ । यसका साथै, बजार अवस्था र प्रवृत्ति लगायतका बारेमा राम्रो जानकारी भएको हुनुपर्नेछ । अफिसर (अन्डरराइटिङ/पुनर्बीमा) का लागि भने चार वर्ष बीमा तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ ।

त्यसैगरी, एसिस्टेन्ट/जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण, एकाउन्टिङ सम्बन्धि कार्यअनुभव भएको र अंग्रेजी तथा नेपाली टाइपिङमा पोख्त हुनुपर्नेछ । प्रशिक्षार्थीका लागि भने प्लस दुई उतीर्ण, बीमाबारे प्रारम्भिक ज्ञान भएको, बीमा क्षेत्रमा करिअर बनाउन इच्छुक र अंग्रेजी तथा नेपाली टाइपिङ जानेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई ७ डिसेम्बर अर्थात मंसिर २२ गतेभित्रमा निवेदन र हालसालै खिचेको पासपोर्ट साइजको फोटो कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]