November 30th, 2016

मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु

mewakhola-hidroदुई वटा वाणिज्य बैंकको लगानी रहेको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । खोटाङ जिल्लाको दिक्तेल नगरपालिका–१० मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो । झण्डै २२ करोडको लागतमा निर्माण गरिएको उक्त हाइड्रोपावरमा समुदायको ३० प्रतिशत लगानी रहेको छ । बाँकी लागतमध्ये सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत रहेको छ । जिल्लामा दुई दशमलव पाँच मेगावाट विद्युत खपत भइरहेकोमा मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट विद्युत थप भएपछि लोडसेडिङ नहुने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]