November 29th, 2016

बैंकिङ पहुँचको अवस्था, महत्त्व र आवश्यकता 

bankingहरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविष्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाबिनै पनि विनिमय हुन्थ्यो होला, तर अब त्यो संसारमै सम्भव छैन । आज संसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । यस अर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ । नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानीमुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्क्याएको अवस्था छ । हामीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आवश्यक पर्ने पुँजी सञ्चय हुन सकेको छैन । घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न पनि सक्दैन । त्यसका अतिरिक्त आज बैंक तथा वित्तीय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अवस्था छ । ई बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तीय कारोबार प्रशस्त हुन सकेको छैन । सँगसँगै बीमाको महत्व र आवश्यकताबारे आम नागरिकलाई जानकारी गराउन नसक्दा सम्पत्तिको सुरक्षा हुन सकेको छैन । 

बैंक÷वित्तीय क्षेत्रमा पहुँच नहुँदा बैंकमा खाता खोलिएका छैनन् । खोलिएका खाताहरु पनि निष्क्रिय छन् । र ऋण लिने काम व्यक्तिबाट भइरहेको अवस्था छ । यी सबै कुरालाई बैंकिङ च्यानलमा ल्याएर बैंकसँग कारोबार गर्ने, बैंकमा पैसा जम्मा गर्ने, बैंकबाटै ऋण लिएर उद्यमशीलता हासिल गर्ने लगायतका कामहरु आवश्यक छन् । हरेक नागरिकले बैंकबारे जान्नैपर्ने हुन्छ । बैंकबारे नजान्दा कर्जा लिन नपाएको अवस्था र उद्यमी बन्ने रहर हुँदा हुँदै पनि विदेश पलायन हुनुपरेको अवस्था एकातिर छ भने अर्कातिर विदेशमा जानेहरुले आधिकारिक रेमिट्यान्स माध्यमबाट पैसा नपठाई हुण्डीबाट पैसा पठाउँदा पैसा हराउने र राज्यमाथि ठगी गर्ने कार्यहरु पनि भएका छन् । यी र यस्ता काम नहोस् भन्नका लागि बैंकिङ पहुँच हुनु जरुरी छ । आम नागरिकलाई बैंकिङ पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंकले ‘बैंकसँगको नाता हरेक नेपालीको बैंक खाता’ अभियान ल्याएको छ । पैसा बचत गर्नुपर्छ, बैंकबाट कारोबार गर्नुपर्छ, बैंकबाटै कर्जा लिएर उद्यमी बन्नुपर्दछ । बैंकहरु पैसाको आधिकारिक कारोबार गर्ने निकाय हुन् भन्ने कुरा बुझ्ने र बुझाउने कार्य सबैतिरबाट हुनु जरुरी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]