November 28th, 2016

ज्योति विकास बैंकमा खुल्यो एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि जागीर

jyotiज्योति विकास बैंकमा एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि जागीर खुलेको छ । बैंकले अफिसर लेभलमा नौ जना शाखा व्यवस्थापक र दुई जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । शाखा व्यवस्थापकका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरी पाँच वर्ष बैंकमा काम गरेको तथा स्नातक उतीर्ण गरी छ वर्ष बैंकमा काम गरेको हुनुपर्नेछ । फाइनान्स, इन्टरनल अडिट र रिस्क मेनेजमेन्टका लागि कम्पनीले चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ । दुबै पदका लागि उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यस्तै, बैंकले अफिसरभन्दा माथिल्लो लेभलका लागि केही संख्यामा रिलेसनसिप मेनेजर अर्थात अपरेसनल स्टाफ माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरी दुई वर्ष बैंकमा काम गरेको तथा स्नातक उतीर्ण गरी तीन वर्ष बैंकमा काम गरेको हुनुपर्नेछ । साथै, उमेर ३५ वर्ष ननाघेको हुनुनर्पेछ । 

त्यसैगरी बैंकले आगामी दिनमा संखुवासभा, झापा, सुनसरी, दाङ, सुर्खेत र कैलालीमा विस्तार गर्न लागिएका शाखाहरुका लागि केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । यसका लागि फाइनान्स, अर्थशास्त्र तथा सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । उमेर ३० वर्ष नानघेको हुनुपर्नेछ । वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिता दिइने बताइएको छ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई मंसिर २२ गतेभित्रमा वायोडाटा र निवेदनको साथमा योजना समेत बैंकको इमेल ठेगाना [email protected] मा पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]