March 15th, 2016

तनावमा राष्ट्र बैंकका प्रवक्ता 

trilochan pangeniडेपूटि गर्भनर हुन नपाएपछि नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी तनावमा छन् । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटि गर्भनरद्धयसँग पंगेनीको बोलचाल बन्द भएको छ । राष्ट्र बैंकको रिक्त रहेको डेपुटि गर्भनरको पदमा आफू आउने संभावना प्रवल रहेको भन्दै उनी आफैँले विगतमा आफ्नो नाम मिडियामार्फत सार्वजनिक गरेका थिए । उनै पंगेनीबाट सार्वजनिक भएका नामहरु विभिन्न अनलाईन पत्रपत्रिकामा आएका थिए । सिफारीसमा परेका आकांक्षीको ‘सर्टलिस्ट’ मा समेत उनको नाम थियो । बिडम्बना, डेपुटि गर्भनरमा नियुक्ति नभएपछि उनी तनावमा पुगेका हुन् । पहिले राम्रो सम्बन्ध रहेका नेपाल राष्ट्र बैंकका अरु कार्यकारी निर्देशकलाई समेत पंगेनी वास्ता गर्दैनन् । राष्ट्र बैंकको आधिकारीक सूचना दिने जिम्मेवारी उनिमाथि छ । पंगेनी नेपाल राष्ट्र बैंकका प्रवक्ता हुन् । तथापी पछिल्लो समय उनले मिडियाहरुलाई सहि सूचना दिन छाडेका छन् । उनी केहि समययता पत्रकारसँग बोल्न झिँझो मान्ने गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंक पुगेका पत्रकार शिवहरी घिमिरे भन्छन्, “सूचना माग्दा झनक्क रिसाएर उल्टै हप्काएर पठाए ।” घिमिरेजस्तै अन्य पत्रकार पनि पंगेनीको व्यवहारबाट सन्तुष्ट छैनन् । पत्रकारमात्रै होईनन्, राष्ट्र बैंकका अधिकांश कर्मचारी पनि पंगेनीको पछिल्लो व्यवहारबाट दिक्क भएका छन् । उनको पारिवारीक स्रोतका अनुसार डेपुटि गर्भनरमा नियुक्त नभएपछि पंगेनी घरमा समेत राम्ररी बोल्दैनन् । यसअघि राष्ट्र बैंकमा राजनीतिकरण भयो भन्ने अभिव्यक्ति दिँदै आएका पंगेनीले नेपाल राष्ट्र बैंंकले आफू भन्दा अयोग्यलाई डेपुटि गर्भनर बनाएको बैंकिङ खबरलाई बताएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]