March 14th, 2016

वीमाले ओराल्यो शेयर बजार : ६५ करोड ९६ लाखको कारोबारमा सिमित

economicsकेही समययता निरन्तर उकालो लागिरहेको शेयर बजारमा सोमबार ब्रेक लागेको छ । आइतबार एक अर्बको कारोबार भएको बजार सोमबार ६५ करोडको कारोबारमा सिमित भएको हो । सोमबार १ सय १७ वटा कम्पनिको १० लाख ८० हजार ४ सय ६१ कित्ता शेयर ३ हजार १ सय ९ पटक किनबेच हुँदा ६५ करोड ९६ लाख १३ हजार ९ सय ५७ रुपैँया बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबार नेप्से परिसूचक पनि ओरालो लागेको छ । ६.६८ अंकले घटेर नेप्से १३१२.२० अंकको विन्दुमा पुगेको छ । 

 

सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनिको कारोबार ४ करोडसम्म पनि पुग्न सकेन । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनि प्रिमियर इन्स्योरेन्स रह्यो, जसको ३ करोड ८४ लाख ७१ हजार १ सय २८ रुपैँया बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल बैँकको ३ करोड १८ लाखको कारोबार भयो । नेपाल ग्रामीण विकास बैँक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनि, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्यारेन्स, लाइफ इन्स्योरेन्स कम्पनि, नेपाल बंगलादेश बैँक, कृषि विकास बैँक, नेशनल हाइड्रोपावर लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । भक्तपूर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनिको शेयर मूल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनि, कालिञ्चोक डेभलपमेन्ट बैँक, सेन्ट्रल फाइनान्स, मिसन डेभलपमेन्ट बैँक लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् । गुमाउनेमा सुभेक्षा विकास बैँक, कावेली विकास बैँक, सिनर्जी फाइनान्स लगायत छन् । 

 

जलविद्युत् र अन्य समूहबाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । जलविद्युत् र अन्य समूह क्रमशः ३१.६७ र १.१७ अंकले बढेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर ८७.९५ अंकले घटेको छ । वाणिज्य बैँक, होटल, विकास बैँक र वित्त समूह क्रमशः ६.३८, ०.५, १०.०६ र २.२८ अंकले घटेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]