November 23rd, 2016

राष्ट्र बैंकले खिच्यो ५० करोड तरलता

nrbनेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि बुधबार उक्त रिभर्स रिपो जारी गरेको हो ।

बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि केही समययता राष्ट्र बैंकले छोटो अवधि र थोरै रकमको रिभर्स रिपो जारी गर्दै आएको छ भने समयसमयमा रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता पनि पठाइरहेको छ । राष्ट्र बैंकले यसपटक जारी गरेको रिभर्स रिपो सात दिने अवधिको हो । जसअनुसार, उक्त रिभर्स रिपो आगामी मंसिर १५ गते परिपक्व हुनेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]