November 23rd, 2016

४२ अंकले बजार घट्दा कारोबार एक अर्बमाथि, १० कम्पनीका सेयरधनीले कमाए

stockबुधबार पनि सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ४२.४६ अंकले घटेर १५४०.०१ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै ३६५.६४ अंकले घटेको छ भने होटल १०२.९२ अंकले घटेको छ । विकास बैंक, बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ४१.८, ३७.४७, १५.१७, १३.८७ र १३.८८ अंकले घटेका छन् भने उत्पादनमूलक समूह १२.६९ अंकले घटेको छ । 

बजार घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार ९२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको बजारमा बुधबार एक अर्बमाथिको कारोबारा भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको १५ लाख ३८ हजार सात सय ८८ कित्ता सेयर छ हजार छ सय ७५ पटक खरिदबिक्रि हुँदा कुल एक अर्ब सात करोड ४९ लाख ६३ हजार तीन सय ६६ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये, एभरेष्ट बैंकको मात्रै १७ करोड ६० लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड १७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको सवा चार करोड रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंकको तीन करोडमाथिको कारोबार हुँदा सिद्धार्थ डेभलपमेन्ट बैंकको पौने तीन करोडको कारोबार भएको छ । कुमारी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स नेपाल बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

१० वटा कम्पनीका सेयरधनीले अधिकतम ४ प्रतिशतदेखि न्युनतम ०.१५ प्रतिशतसम्मले कमाएका छन् । सबैभन्दा धेरै मेगा बैंकका सेयरधनीले कमाएका छन् भने सबैभन्दा थोरै कन्काई विकास बैंकका सेयरधनीले कमाएका छन् । यसबाहेक, एनबी इन्स्योरेन्सका सेयरधनीले ३.३ प्रतिशतले कमाउँदा माउन्ट मकालु डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, सेती फाइनान्स, बुटवल पावर कम्पनी र नेपाल ग्रामीण विकास बैंकका सेयरधनीले क्रमशः १.९४, १.८५, १.८०, १.७९ र १.२० प्रतिशतले कमाएका छन् । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम र सानिमा माई हाइड्रोपावरका सेयरधनीले क्रमशः ०.८० र ०.६१ प्रतिशतका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको लक्ष्मी लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सूर्या लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी, सगरमाथा फाइनान्स, नेरुडे लघुवित्त र एनएलजी इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.७९, ९.३६, ९.२९, ९.०९६ र ९.०९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, तिनाउ डेभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्थाका सेयरधनीले ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् भने प्रिमियर इन्स्योरेन्स, राप्तीभेरी विकास बैंक र भार्गव विकास बैंकका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । यसबाहेक, हिमालयन जेनेरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनियन फाइनान्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, देवः विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि धेरै गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]