November 22nd, 2016

महालक्ष्मी विकास बैंक पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

mahalaxmiनेपाल क्लियरिङ्ग हाउस लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भण्डारीले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले महालक्ष्मी विकास बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणाली मार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सकिनेछ । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सक्नेछन् । 

यस प्रणालीका लागि कम्पनीले ६५ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनी तथा १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । महालक्ष्मी विकास बैंकसँगको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ७० पुगेको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १०८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,८०४ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको । गत भदौ १ गतेदेखि अन्तर बैंक विद्युतीयभुक्तानी प्रणाली सेवा पनि सञ्चालन भइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]