November 22nd, 2016

पश्चिमाञ्चल फाइनान्स ७ करोड २८ लाख घाटामा

paschimanchalपश्चिमाञ्चाल फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २८ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि पश्चिमाञ्चल फाइनान्स १ करोड ४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १० दशमलव ५० प्रतिशतले घटेर ३ अर्ब ३ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ पनि कम्पनीले १२ प्रतिशत घटाएर २ अर्ब २८ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ७० दशमलव ४३ प्रतिशतले घटेर ८६ लाख रुपैयाँ पुगेको छ भने संचालन ७ करोड रुपैयाँ नोक्सानमा रहेको छ । 

फाइनान्सले प्रोभिजनमा ७ करोड २१ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ७ करोड ९७ लाख रुपैयाँ राखेको छ । फाइनान्सको जोखिमयुक्त सम्पत्ति १६ दशमलव २४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १२ दशमलव ४० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]