November 21st, 2016

आफ्नो क्षमता अनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न बाटो खुल्यो 

hidroनेपाली जनताले आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानी गर्न पाउने भएका छन् । नेपाल सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेपछि आफ्नो क्षमताअनुसार जलविद्युत्मा लगानी गर्न बाटो खुलेको हो । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । कम्पनीले बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, उत्तरगङ्गाजस्ता ठूला र मझौला आयोजना अगाडि बढाउनेछ । 

कसले कति लगानी गर्न पाउने ?
जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने छन् । कम्पनीको अधिकृत पुँजी २० अर्ब र चुक्ता पुँजी दुई अर्ब छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बीमा संस्थानले दुई प्रतिशत सेयरका रुपमा लगानी गर्न पाउने भएका छन् । यस्तै कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको पाँच, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर रहनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]