November 21st, 2016

सेञ्चुरी बैंकको नाफामा झिनो वृद्धि : तीन महिनामा कमायो सात करोड ४२ लाख

centuryसेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशलमव ०६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरीले ७ करोड ४२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२ अर्ब ८४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २४ प्रतिशतले वृद्धि गरी ३१ अर्ब ६८ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २८ दशमलव ५७ प्रतिशत बढाएर २७ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा १८ दशमलव ४७ प्रतिशतले बढेर २१ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन १२ करोड ३१ लाख रुपैयाँ मुनाफामा छ । बैंकको सञ्चालन मुनाफा गत वर्षको असोज मसान्तको तुलनामा २१ दशमलव ७८ प्रतिशत बढी हो । 

पहिलो त्रैमासिक अवधिमा १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड १६ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६० करोड ६८ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा सेञ्चरीको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशतले घटेर शुन्य दशमलव ३३ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ६५ प्रतिशतले बढेर ११ दशमलव ६५ प्रतिशत पुगेको छ ।
 
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १० दशमलव ४६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४३ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ७८ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]