November 20th, 2016

बर्दियाको जमुनिमा सिटिजन्स बैंकले सुरु गर्यो शाखारहित बैंकिङ सेवा

citizens-bankसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्बन्धित शाखा प्रमुख,  अरविन्द रेग्मीले आइतबार सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । जमुनि गा.वि.स मा सेवा संचालनका लागि स्थानीय व्यवसायी विकास अधिकारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]