November 20th, 2016

सवा पाँच करोड घाटामा आईएलएफसीओ

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आईएलएफसीओ)ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख रुपैयाँ नाफा कमाएको फाइनान्स चालू आर्थिक वर्षमा घाटामा गएको हो । 

फाइनान्सको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १६ प्रतिशतले घटेर १ अर्ब १३ करोड ९४ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ कम्पनीले ३३ दशमलव ९१ प्रतिशत घटाएर १ अर्ब ६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ३४ दशमलव ०९ प्रतिशतले घटेर २ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन ७९ लाख रुपैयाँ घाटमा रहेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको संचालन ६९ लाख रुपैयाँ मुनाफामा रहेको थियो ।

असोज मसान्तसम्ममा फाइनान्सको निष्कृय कर्जा १७ दशमलव ५६ प्रतिशत र जोखिमयुत्त, सम्पत्ति १ सय ३७ दशमलव ५४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]