March 13th, 2016

आइतबारको शेयर बजार : एक अर्बमाथिको कारोबार, परिसूचक सामान्य बढ्यो

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब रुपैँया बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १६ वटा कम्पनिको १४ लाख ६० हजार ७ सय २५ कित्ता शेयर ४ हजार २ सय ९३ पटक खरिद विक्रि हुँदा १ अर्ब ८३ लाख ८८ हजार १ सय ७३ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक भने आइतबार सामान्य ०.८५ अंकले वृद्धिसँगै १३१८.८८ अंकमा पुगेर बन्द भएको छ । 

 

आइतबार सबैभन्दा धेरै कृषि विकास बैँकको ९ करोड ५८ लाख ५६ हजार ३ सय ९२ रुपैँया बराबरको कारोबार भएको छ भने प्रिमियर इन्स्योरेन्सको ८ करोड १२ लाख ११ हजार १ सय १४ रुपैँया बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनि र प्रभु इन्स्यारेन्सको ४ करोडमाथिको कारोबार भएको छ भने नेको इन्स्योरेन्स, नेशनल हाइड्रो पावर, सिद्धार्थ इन्स्योरेन्स, नेपाल बंगलादेश बैँक र नेशनल लाइफ इन्स्यारेन्सको ३ करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्यारेन्सको २ करोड माथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

 

जलविद्युत् र वीमा क्षेत्रका लगानीकर्ताले आइतबार धेरै कमाएका छन् । प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने प्रभु इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.८८ र ९.६८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, युनिक फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैँक, अपि पावर कम्पनि, वरुण हाइड्रोपावर, कालिञ्चोक डेभलपमेन्ट बैँक, सिद्धार्थ इन्स्यारेन्स लगायतका लगानीकर्ताले पनि कमाएका छन् । सबैभन्दा धेरैको शेयर कारोबार भएको कृषि विकास बैँकको शेयर मूल्य २.०२ प्रतिशतले बढेको छ । गुमाउनेमा विकास बैँकहरु धेरै छन् । नेपाल ग्रामीण विकास बैँक, रिलायबल डेभलपमेन्ट बैँक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक, सेवा विकास बैँक लगायतका  लगानीकर्ताले गुमाएका छन् ।  

 

वाणिज्य बैँक, होटल र विकास बैँकका सूचकहरु क्रमशः ०.०७, २२.१९ र १०.२३ अंकले घटेका छन् । सबैभन्दा धेरै वीमा समुहको शेयर सूचक ५८.३८ अंकले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको शेयर सूचक १२.८२ अंकले बढेको छ भने फाइनान्स समूह २.९ अंकले बढेको छ । अन्य समूहको भने आइतबार कारोबार हुन सकेन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]