November 20th, 2016

अत्याधिक नाफा कमाउने ‘पाँच बैंकहरु’

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क वर्गका बैंकहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि नीतिका कारण सबल बन्दै गएपछि बैंकहरुको नाफामा उल्लेख्य प्रगति देखिएको हो । नेपाल बैंकले पहिलो त्रैमासमा नै एक अर्बभन्दा बढी नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा घटेपनि धेरै नाफा कमाउनेहरुको सूचीको तेस्रो नम्बरमा अटाएको छ । दोस्रो स्थानमा नीजि स्तरको एभरेष्ट बैंक छ । चौथो र पाचौँमा क्रमशः हिमालयन बैंक र कृषि विकास बैंक छन् ।

यी हुन्, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने ५ बैंकहरु र तीनीहरुको प्रगति विवरण :

नेपाल बैंक लिमिटेड
nepal bankनेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले ४४ करोड ४३ लाख रुपैंया मात्र नाफा कमाएको थियो ।

६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६७ दशमलव ९५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २ सय ५२ दशमलव २० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा ६ करोड ९५ लाख रुपैंया खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैंया राखेको छ भने जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रुपैंया राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३ दशमलब १० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलब १२ प्रतिशत रहेको छ । 

बैंंकको प्रतिशेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १ सय २३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २५ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक लिमिटेड
everest bankएभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा ४१ दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले मुनाफा ३६ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।

असोज मसान्तसम्ममा एभरेष्ट बैंकले चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बैंकले निक्षेपमा १७ दशमलव १० प्रतिशतले वृद्धि गरी ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ ३५ दशमलव २९ प्रतिशतले बढाएर ६९ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ । 

बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि राम्रो प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले ३८ दशमलव ०८ प्रतिशत बढी खुद व्याज आम्दानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ९१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४२ दशमलव ६७ प्रतिशतले बढेर ७६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

पहिलो त्रमासिक अवधिमा ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड ९७ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशतले घटेर शुन्य ३६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १ दशमलव ५६ प्रतिशतले घटेर १३ दशमलव २२ प्रतिशत रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी ७७ दशमलब १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७ दशमलब ५३ गुणा, प्रति शेयर नेटवर्थ ३ सय ३९ दशमलब ७३ रुपैयाँ र तरलता अनुपात ४० दशमलव २९ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
rbbराष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १७ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ खर्ब ४६ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १४ दशमलव ८६ प्रतिशत बढाएर ८५ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ 
बैंकको खुद व्याज आम्दानी गत असोज मसान्तको तुलनामा १४ दशमलव ८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २२ दशलमव १६ प्रतिशत घटेर ५८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा १० करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिम वापत ३३ करोड १९ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १ अर्ब २३ करोड ४७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममाबैंकको निष्क्रिय कर्जा शुन्य दशमलव २१ प्रतिशतले घटेर ३ दशमलव ३० प्रतिशत कायम भएको छ भने जोखिम भारित सम्पत्ति शुन्य दशमलव ८८ प्रतिशतले बढेर ११ दशमलव ५३ प्रतिशत कायम भएको छ । 

हिमालयन बैंक लिमिटेड
himalayan bankहिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा हार्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ३२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

४ अर्ब ८१ करोड रुपैयाा चुक्ता पुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २० दशमलव ७७ प्रतिशतले वृद्धि गरि ९३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २६ दशमलव ३१ प्रतिशत बढाएर ७२ अर्ब १८ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ५० प्रतिशतले बढेर ८२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३५ दशमलव १७ प्रतिशतले बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले प्राभिजनमा ५ करोड ७२ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४ अर्ब ८१ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव १८ प्रतिशतले घटेर १ दशमलव १७ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव १८ प्रतिशतले बढेर ११ दशमलव २७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३८ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४१ दशमलव ६१ गुणा, प्रति शेयर नेटवर्थ २ सय १७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २४ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लिमिटेड
adblकृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको ४६ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले २८ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ७ दशमलव ५९ प्रतिशत वृद्धि गरी ८५ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८१ अर्ब १३ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७२ प्रतिशत बढी हो । त्यस्तै खुद व्याज आम्दानी ४७ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ३२ प्रतिशत बढेर ३० अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा २५ करोड ८० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५८ करोड ११ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ८ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ७१ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ८३ प्रतिशतले रहेको छ । 

बैंकको प्रति शेयर आम्दानी ३६ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय २१ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]