November 18th, 2016

वैदेशिक लगानी भित्र्याउन सरकारले ल्यायो यस्तो योजना

foreign-investment-2सरकारले आगामी फागुनमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखसँग बिहीवार  मन्त्रालयमा भएको छलफल कार्यक्रममा उद्योग क्षेत्रमा नीतिगत सुधार गर्न र प्रक्रियागत ढिलासुस्तीलाई समेत कम गर्न एकद्वार प्रणालीको विकास गर्न थालिएको जानकारी दिए ।

उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारी निकाय र निजी क्षेत्रबीच देखिएको समन्वयको अभावलाई चिर्न आवश्यक छ रहेको उल्लेख गरे । आगामी १०/१२ वर्ष्भित्र कुनै पनि नेपाली यूवाले रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानका साथ स्वदेशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आफू लागिपरेको उनले बताए । कार्यक्रममा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]