November 16th, 2016

बैंकर्स संघका नयाँ अध्यक्ष : राष्ट्रियताले तान्यो अनिल शाहलाई अमेरिकाबाट (जीवनीसहित)

anil-keshari-shahभीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्केटिङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का नवनिर्वाचित अध्यक्ष अनिल केशरी शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर  इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट शाहको बैंकिङ करिअर सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत (सिओओ) सम्म भएका थिए । त्यसपछि उनी नबिल बैंकमा महाप्रवन्धकमा रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिए । नबिल बैंकमा उनले छ वर्ष बिताए । केही बर्षदेखि उनी मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत छन् । 

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेर केही समय खाली भएपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]