November 15th, 2016

हिमालयन बैंकले कमायो ४३ करोड ८४ लाख मुनाफा

himalayan bankहिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा हार्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ३२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

४ अर्ब ८१ करोड रुपैयाा चुक्ता पुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २० दशमलव ७७ प्रतिशतले वृद्धि गरि ९३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २६ दशमलव ३१ प्रतिशत बढाएर ७२ अर्ब १८ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ५० प्रतिशतले बढेर ८२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३५ दशमलव १७ प्रतिशतले बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले प्राभिजनमा ५ करोड ७२ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४ अर्ब ८१ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव १८ प्रतिशतले घटेर १ दशमलव १७ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव १८ प्रतिशतले बढेर ११ दशमलव २७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३८ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४१ दशमलव ६१ गुणा, प्रति शेयर नेटवर्थ २ सय १७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]