November 15th, 2016

स्टान्डर्ड चार्टर्ड बैंकले तीन महिनामा कमायो ३४ करोड ९४ लाख मुनाफा

standard charterdस्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कमाएका १ दशमलव १५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ३४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १ दशमलव ७२ प्रतिशतले घटेर ५७ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ । बैंकले कर्जा लगानी भने बढाएको छ । कर्जातर्फ बैंकले २३ दशमलव ०७ प्रतिशत बढाएर ३२ अर्ब ३९ करोड १२ लाख रुपैयाँ लगानीे गरेको छ  । 

बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा  १० दशमलव ६१ प्रतिशतले बढेर ५० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९ दशमलव ९१ प्रतिशतले बढेर ५३ करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा १ करोड ४३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २ करोड ९३ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा स्टान्डर्ड चार्टर्ड बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १६ दशमलव ५३ प्रतिशत रहेको छ । बैंकले जगेडाकोषमा ५ अर्ब ११ करोड रुपैयाँ राखेको छ । 

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ४९ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ७४ दशमलव ४५ गुणा, प्रति शेयर नेटवर्थ २ सय ८१ दशमलब ७१ रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]