November 14th, 2016

राष्ट्र बैंकले ल्यायो १ करोड अमेरिकी डलर 

dollarनेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड अमेरिकी डलर ल्याएको छ । राष्ट्र बैंकले सिंगापुरस्थित सीआइएम बैंकको आफ्नै खातामा रहेको अमेरिकी डलर मंगलबार ल्याएको हो । बजारमा देखिएको नगद डलर अभाव कम गर्न सिल्क एयरबाट मंगलबार १ करोड अमेरिकी डलर नेपाल भित्रिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘एक करोड अमेरिकी डलर आज(सोमबार) मध्यान्ह राष्ट्र बैंकले ल्याइसकेको छ’, सहप्रवक्ता पण्डीतले मंगलबार बैंकिङ खबरसँग भने, ‘अब बजारमा देखिएको नगद डलर अभाव केही कम हुने अपेक्षा छ ।’

सिंगापुरको सीआइएम बैंकसँग गत असोज ६ गते कात्तिक ३० गतेसम्म १ करोड डलर नेपाल भित्र्याउन राष्ट्र बैंकले सम्झौता गरेको थियो । एक करोड डलर भित्रिइसकेपछि राष्ट्र बैंकसँग रहेको डलर मौज्दातले करिब ८÷९ महिनाका लागि पुग्ने बताइएको छ । हाल राष्ट्र बैंकसँग १० अर्ब ३५ करोडको हाराहारीमा डलरको मौज्दात रहेको बताइएको छ । डलर ल्याउँदा २३ हजार डलर अर्थात २३ लाख रुपैयाँ खर्च राष्ट्र बैकले नै व्यहोरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]