November 14th, 2016

सञ्चालन घाटामा गएपछि ओरालो लाग्यो एनआईडिसी डेभलपमेन्ट बैंकको मुनाफा

nidcएनआईडिसी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ दशमलव ५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईडिसीले ४ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

४१ करोड ५८ लाख २३ हजार चार सय रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ८ दशमलव ६० प्रतिशतले वृद्धि गरी १ अर्ब ५४ करोड रुपैयाँ संकलन गरेको छ । असोज मसान्तसम्ममा कर्जातर्फ बैंकले २ अर्ब २९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले एक अर्ब ९७ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

यो अवधिमा बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ०२ प्रतिशतले बढेर ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन भने १ करोड २२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईडिसीको सञ्चालन दुई करोड ११ लाख रुपैयाँ मुनाफामा थियो । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा १५ दशमलव ७२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ८० दशमलव ५७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव २१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ८ सय २८ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ७ दशमलव ४२ गुणा र तरलता अनुपात २ दशमलव ८९ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]