November 14th, 2016

शुभेच्छालाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार खुल्यो

garimaशुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार सोमबारदेखि खुलेको छ । गरिमाको कारोबार जिबिबिएल टे«ड्रिङ कोडमा हुने नेप्सेले जनाएको छ । 

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए । यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 

मर्जरमा जानु अघि नेप्सेमा गरिमा बैंकको प्रतिसेयर ३७० रुपैयाँ तथा शुभ्भेच्छाको प्रतिकित्ता ३४९ रुपैयाँमा अन्तिम पटक सेयर किनबेच भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]