November 14th, 2016

बैंक अफ काठमाण्डू लुम्बिनीले तीन महिनामा कमायो २७ करोड मुनाफा

boklबैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चालु आर्थिक वषको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा मुनाफामा ६० दशमलव ७१ प्रतिशत बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १६ करोड ८७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा ७२ दशमलव ५ प्रतिशतले वृद्धि गरी ६९ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ७९ प्रतिशतले बढाएर ६१ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । 

गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बैंकको खुद व्याज आम्दानी ८० दशमलव ११ प्रतिशतले बढेर ६२ करोड ५० लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ५६ प्रतिशतले बढेर ३९ करोड ९ लाख रुपैयाँ पुगेको छ । 

तीन महिनाको अवधिमा ३ करोड ३८ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ९ करोड ७६ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४ अर्ब २० करोड ६३ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव ४५ प्रतिशतले घटेर १ दशमलव १२ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ती शुन्य दशमलव १२ प्रतिशतले बढेर १३ दशमलव ०७ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ६८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ३२ दशमलव २६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९१ दशमलव ९० रुपैयाँ र तरलता अनुपात २२ दशमलव ५२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]