November 13th, 2016

गर्भनरले गरे नेपाल ग्रामीण विकास बैंकको अवलोकन

chiranjivi nepalनेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि  नेपालले शुक्रबार विहान बुटवरस्थित नेपाल ग्रामीण विकास बैंक लिमिटेड प्रधान कार्यालयको अवलोकन गरेका छन् । अवलोकनका क्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन गर्दै गर्भनर डा. नेपालले नेपाल ग्रामीण विकास बैंक विपन्न जनताहरुको आयस्तर बढाउने तथा ग्रामीण बैंकिङ्ग पद्धतिको विकास गराउने उद्देश्यले स्थापना भएकाले अझ बढी जिम्मेवारीका साथ अगाडी बढ्नुपर्ने बताए ।  

नेपाल राष्ट्र बैंक र नेपाल सरकारको समेत यस बैंकमा शेयर लगानी रहेकाले  लघुवित्तका क्षेत्रमा बैंकले पुर्याउने योगदान उदाहरणीय हुनुपर्ने भन्दै  गर्भनर  डा. नेपालले  कार्यक्रम नपुगेको जिल्लाहरुमा कार्यक्रम पुर्याउँदै जानुपर्ने र कर्मचारीहरु एक जुट भएर कामगरी बैंकको निष्कृय कर्जा घटाउनुपर्ने उल्लेख गरे । आपसी विश्वास र सम्बन्धका आधारमा बैंकिङ्ग प्रणाली अगाडी बढ्ने भन्दै  ग्रामीण विकास बैंकले  त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको जोड थियो ।

सोही अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका व्यवस्थापक रेवती प्रसाद नेपालले नेपाल ग्रामीण विकास बैंक लघुवित्तका क्षेत्रमा अग्रणी संस्था भएका भन्दै अन्य लघुवित्त भन्दा यस बैंकले उदाहरणीय रुपमा काम गर्नुपर्ने बताए ।

सो अवसरमा बैंक व्यवस्थापनबाट नेपाल ग्रामीण विकास बैंकका विविध गतिविधिका बारेमा गभर्नरलाई अवगत गराइएको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]