November 11th, 2016

एनबि इन्स्योरेन्सले शतप्रतिशत हकप्रद दिने, मंसिर १७ गते साधारणसभा

nbएनबि इन्स्योरेन्स कम्पनीले लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी मंसिर १७ गते साधारणसभा बस्दैछ ।

हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]