November 12th, 2016

रिलायबलको नाफा घट्दा नागबेलीको ४७ प्रतिशतले बढ्यो : हेर्नुस् दुबैको वित्तीय विवरण

reliable-psरिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ६६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायबलले ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

५ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी भएको रिलायबल माईक्रोफाइनान्सले जगेडाकोषमा २ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय २१ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ९ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १९ दशमलव ४० प्रतिशतले वृद्धि गरी ३८ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । माईक्रोफाइनान्सको खुद व्याज आम्दानी २६ दशमलव ७२ प्रतिशतले बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३ प्रतिशतले घटेर ५९ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १३ लाख रुपैयाँ राखेको छ ।

रिलायबल माईक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ४६ प्रतिशत र जोखिम युत्त सम्पत्ति १७ दशमलव ८० प्रतिशत रहेको छ । जसको प्रतिशेयर २६ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५७ दशमलव ४८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४५ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २० दशमलव ८० प्रतिशत रहेको छ ।

nagbeliयता, नागबेली लघुवित्त विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नागबेलीले ५९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले निक्षेपमा ६३ दशमलव २५ प्रतिशतले वृद्धि गरी १२ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ४२ दशमलव ०६ प्रतिशतले वृद्धि गरी ५४ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ५६ दशमलव २० प्रतिशत बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ५५ प्रतिशतले बढेर १ करोड ३७ लाख रुपैयाँ रहेको छ । जसले प्रोभिजनमा १ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ७१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ४२ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १ सय २५ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव ०४ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ३९ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ५१ प्रतिशत रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]