November 11th, 2016

मेरो माइक्रोफाइनान्सले तीन महिनामा कमायो दुई करोड नाफा

mero microfinanceमेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफामा गत वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ४४ प्रतिशतले बढोत्तरी भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेरो माइक्रोफाइनान्सले १ करोड ५८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको संस्थाले निक्षेपमा ८० दशमलव ३६ प्रतिशतले वृद्धि गरी २९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ २४ दशमलव २१ प्रतिशतले वृद्धि गरी १ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी २८ दशमलव ०१ प्रतिशतले बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७ दशमलव ५ प्रतिशतले वृद्धि भई ३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले जगेडाकोषमा ११ करोड ८३ लाख रुपैयाँ राखेको भने प्रोभिजनमा ३५ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा मेरो माइक्रोफाइनान्सको निष्कृय कर्जा शून्य दशमलव ८५ प्रतिशतले घटेर २ दशमलव ०२ पुगेको छ भने जोखिमयुक्त सम्पत्ती ४ दशमलव १३ प्रतिशतले बढेर १९ दशलमव ४१ प्रतिशत पुगेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १० दशमलव ८४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५९ दशमलव १६ रुपैयाँ र तरलता अनुपात ७ सय २९ दशमलव ६७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]