November 8th, 2016

घरजग्गामा बैंकको लगानी साढे २ खर्ब बढी, ‘छोइसक्नु भएन’ भाउ

 635887353895937500काठमाडौँ उपत्यकामा अहिले घरजग्गाको भाउ छोइसक्नु छैन । उपत्यका बाहिरका कतिपय स्थानमा पनि घरजग्गाको भाउ सुन्दा ‘तीन छक्क’ परिन्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएकाले घरजग्गाको भाउ यसरी आकासिएको हो । भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जामध्ये घरजग्गामा मात्र २ खर्ब ६० अर्ब १ करोड लगानी गरेका छन् ।  यो प्रतिग्राहक १ करोडभन्दा कमको १ सय ४९ अर्ब ५० करोडको आवासीय कर्जासमेत गरी हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको बताए ।
बैंकले दिएको ऋणका कारण नै घरजग्गाको भाउ बढेको बताइन्छ । बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् ।
बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँसम्मको तरलता हुने गरेको थियो । तर अहिले १२ अर्ब मात्र बैंकमा लगानीयोग्य पुँजी रहेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]