November 8th, 2016

जागीर खुलेका वित्तीय संस्थाहरु : हेर्नुस्, कहिलेसम्म छ आवेदन दिने म्याद ?

वित्तीय क्षेत्रमा करिअर बनाउन चाहनेका लागि यतिबेला राम्रो अवसर छ । दुई वटा विकास बैंक र दुई वटा लघुवित्त संस्थाले कर्मचारी माग गरिरहेका छन् । 

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले ५ जना वरिष्ठ सहायक (शाखा प्रमुख) माग गरेको हो । उक्त पदका लागि छनौट हुने उम्मेदवारलाई एक वर्षको परीक्षण कार्यकालपछि स्थायि रुपमा नियुक्त गरिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी कात्तिक २५ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । ललितपूरको कुपण्डोलमा कार्यालय रहेको राष्ट्रियस्तरको माइक्रोफाइनान्सले अनुगमन अधिकृत र शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

सृजना फाइनान्स लिमिटेड
सृजना फाइनान्स लिमिटेडमा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर, जुनियर एसिस्टेन्ट (अपरेसन) र ट्रेनी एसिस्टेन्ट पदका लागि जागीर खुलेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सृजना फाइनान्सको प्रधान कार्यालय, विराटनगरको मानव संशाधन विभागमा सम्पर्क गर्नुपर्नेछ । आवेदन बुझाउने समय १७ नोभेम्बर अर्थात मंसिर २ गतेसम्म रहेको छ ।

त्रिवेणी विकास बैंक
त्रिवेणी विकास बैंकमा जागीर खुलेको छ । बैंकले काठमाडौँ उपत्यकाबाहिर (काभ्रे, सुनसरी, पर्सा, रुपन्देही, पाल्पा, लमजुङ र कास्की) का शाखाहरुका लागि केही संख्यामा सुपरभाइजर, एसिस्टेन्ट सुपरभाइजर र जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १९ नोभेम्बर अर्थात मंसिर ४ गतेभित्रमा सम्पर्क गरिसक्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]