November 7th, 2016

हेर्नुस्, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको प्रगति 

siddarthaसिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड २० लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले असोज मसान्तसम्ममा ७० अर्ब ५ करोड ९ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड ७९ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ४५ अर्ब निक्षेप संकलन गरी कर्जातर्फ ३८ अर्ब रुपैयाँ परिचालन गरेको थियो ।

खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बैंकले उल्लेख्य प्रगती गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड खुद व्याज आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षमा ६२ करोड ७२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, चालू आवको पहिलो तीन महिनामा बैंकले ७७ करोड ८६ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड ३५ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकले २१ करोड १६ लाख ९५ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको निष्कृय कर्जा १.५९ प्रतिशतमा झरेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति ११.२८ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी साढे ४७ रुपैयाँ छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]