November 7th, 2016

नेपाल इन्भेष्टमेन्ट बैंकले तीन महिनामै कमायो ‘पौने एक अर्ब’ नाफा

investment bankनेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही वधिको तुलनामा ७४ दशमलव ९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ४२ करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा ८ अर्ब ३२ करोड १९ लाख रुपैयाँ राखेको छ । गत आवको तुलनामा बैंकले निक्षेपमा १९.७७ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जातर्फ २७ दशमलव १४ प्रतिशतले बढाएर ९४ अर्ब ४४ लाख रुपैयाँ लगानी गरेको छ ।

खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बैंकले उल्लेख्य प्रगति गरेको छ । असोज मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी ७१ दशमलव १४ प्रतिशतले बढेर १ अर्ब १० करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ८८ दशमलव ५६ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रोभिजनमा १६ करोड ६३ लाख रुपैयाँ नकारात्मक रहेको देखिन्छ । यो अवधिमा बैंकले ३ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको निष्कृय कर्जा घटेको छ भने जोखिमयुक्त सम्पत्ति थोरै बढेको छ । निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य ७१ प्रतिशत पुगेको र जोखिमयुक्त सम्पति २ दशमलव ०८ प्रतिशतले बढेर १३ दशमलव ३९ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ३४ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २३ दशमलव ७१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९५ दशमलव ५८ रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०७२÷७३ मा बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर तथा २१ प्रतिशत नगद लाभांश गरी कुल ४१ प्रतिशत बोनस वितरण गरेको थियो । यससँगै, नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने निजीस्तरको पहिलो बैंक बनेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]