November 7th, 2016

एनएमबि बैंकले कमायो ३५ करोड नाफा : यस्तो छ, समग्र प्रगति विवरण

nmb bankएनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १ सय ४८ दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा बैंकले १४ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब १९ करोड ६९ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले निक्षेपमा ७९ दशमलव ४३ प्रतिशत वृद्धि गरी ६५ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जातर्फ १ सय २ दशमलव ७३ प्रतिशतले बढाएर ५६ अर्ब ६ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । 

खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा बढोत्तरी गरेपछि बैंकको नाफामा पनि उल्लेख्य प्रगति देखिएको हो । योअवधिमा बैंकको खुद व्याज आम्दानी १ सय ६० दशमलव ४९ प्रतिशतले बढेर ६३ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १ सय २ दशमलव ७६ प्रतिशत वृद्धि गरी ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा १७ करोड ६० लाख रुपैयाँ राखेको जनाएको छ । त्यस्तै, यो अवधिमा बैंकले ३६ करोड ७३ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । यता, बैंकको निष्कृय कर्जा र जोखिमयुक्त सम्पत्ति पनि बढेको छ । निष्कृय कर्जा १ दशमलव ४३ प्रतिशतले बढेर १ दशमलव ८३ प्रतिशत पुगेको छ भने जाखिमयुक्त सम्पत्ति २ दशमलव ९९ प्रतिशतले बढेर १४ दशमलव ०८ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ८४ गुणा, तरलता अनुपात २६ दशमलव १२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव २९ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]