November 4th, 2016

कृषि विकास बैंक र इजी लिंक रेमिट्यान्सबीच सम्झौता 

adblकृषि विकास बैंक लि. र  इजी लिंक रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र इजी लिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । काठमाडौँस्थित कृषि विकास बैंकको प्रधान कार्यालयमा शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताअनुसार, अब कृषि विकास बैंकका कुनै पनि शाखाहरुबाट विदेश तथा स्वदेशमा बस्ने व्यक्तिहरुले जापान लगायत अन्य मुलकबाट सहज रुपमा इजी लिंक रेमिट्यान्समार्फत रकमको आदन प्रदान गर्न सक्नेछन् । यसले कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सको समग्र व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]