October 30th, 2016

ग्यालेक्सी नोट सेभेनले यसरी धकेल्यो सामसुङलाई घाटातर्फ

samsungदक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको मुनाफामा कमी आएको छ । समस्याग्रस्त स्मार्टफोन ग्यालेक्सी नोट सेभेन फिर्ता बोलाउने र विक्री नै बन्द गर्ने निर्णयका कारण कम्पनीको मुनाफा घटेको हो । 

कम्पनीले बताएअनुसार तेस्रो त्रैमासमा सामसुङको मुनाफा वार्षिक ३० प्रतिशतले घटेको छ । जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ५२ खर्ब वन (४ करोड ५७ लाख अमेरिकी डलर) रहेको छ । मुनाफाको यो आकार २ वर्षकै न्यून हो । सो अवधिमा ७८ खर्ब वन मुनाफा हुने अनुमान गरिएको थियो । सेप्टेम्बरसम्मको ३  महिनामा कम्पनीको मोबाइल एकाइले १ खर्ब वन मात्रै मुनाफा कमाएको छ । मुनाफाको यो आकार सन् २००८ को चौथो त्रैमासयताकै न्यून हो ।

धमाधम ब्याट्री पड्किन थालेपछि नोट सेभेन बजारबाटै फिर्ता बोलाउने निर्णय गरिएको थियो । यसले कम्पनीको समग्र नाफालाई प्रभावित बनाएको देखिएको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]