October 24th, 2016

नेपालमा लगानी गर्न आईएफसी इच्छुक : ठूलो परियोजनामा लगानी गर्न गभर्नरको आग्रह

meetingनेपाल भ्रमणमा रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) को Ms. Wendy Jo Werner को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले गभर्नर डा. चिरंजीबि नेपालसँग भेटवार्ता गरेको छ । टोलीले सोमबार गभर्नरको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटवार्ताका अवसरमा नेपाल, भुटान र बंगलादेशका लागि कन्ट्री मेनेजर रहेकी ध्भचलभच ले आईएफसी  पूर्वाधार परियोजना, फाइनान्सियल इन्क्लुजन तथा रोजगारी सिर्जना हुने रियल सेक्टरमा लगानी गर्न इच्छुक रहेको बताइन् । वार्ताका क्रममा उनले स्थानीय मुद्रामा ऋणपत्र निष्काशनका विविध पक्षमा जिज्ञासा राखेकी थिइन् । साथै नेपालका बाणिज्य बैंकमा आईएफसीले पूँजी लगानी गर्न सक्ने सम्भावनाका बारेमा समेत चर्चा गरेकी थिइन् ।

सोही अवसरमा गभर्नर डा. नेपालले देशको वर्तमान आर्थिक स्थिति, वित्तीय पहुँचका बारेमा जानकारी गराउँदै रोजगारी सिर्जना गर्ने ठूला पूर्वाधार परियोजना तथा संचालनमा रहेका ठूला कृषि परियोजनामा लगानी गर्न  आईएफसीलाई अनुरोध गरे । उनले वित्तीय पहुँच अभिवृद्धिमा राष्ट्र बैंक दृढताका साथै लागिरहेको उल्लेख गर्दै यस सम्बन्धमा आईएफसीको सहयोग स्वागतयोग्य हुने बताए । 

प्रतिनिधि मण्डलमा आईएफसीका आवासिय प्रतिनिधि M. Rehan Rashid र कन्ट्री अफिसर सन्तोष पाण्डेको पनि उपस्थिति रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]