March 6th, 2016

बहसमा वित्तीय साक्षरता

bankingसमग्र बैँकिङ क्षेत्रको बारेमा सूचना, जानकारी, समाचार तथा अन्य गतिविधीहरुलाई अनलाईन संस्करण मार्फत छिटो छरितो र सहज ढंगबाट बैंकीङ क्षेत्र र यससँग सम्बन्धित सम्पूर्ण व्यक्तित्वसम्म पु¥याउने उद्येश्यले सुरु गरिएको यस बैंकिङ खबर डटकमको समुद्घाटन कार्यक्रममा पाल्नुभएका अतिथीज्यूहरुको मन्तव्य यहाँ प्रस्तुत गरीन्छ ।  

विपन्न वर्गलाई वित्तिय पहुँचमा ल्याउन बैँकिङ खबर
विनोद आत्रेय, लघुवित्त प्रर्वद्धन विभाग प्रमुख, नेपाल राष्ट्र बैंक 
binod atreyaअहिले विश्वमा २ मिलियन जनता वित्तिय साक्षरताको पहुँचमा पुग्न सकेका छैनन् । त्यस्तै २०२० सम्ममा युनिभर्सल फाईनान्सीयल एक्सेस हुनुपर्छ भन्ने विश्व बैंकले भनिरहेको अवस्थाछ भने २०३० सम्मा गरिबी उन्मुलन हुनुपर्छ भन्ने विश्वकै टार्गेट छ । यसैबिच नेपालको सन्दर्भलाई हेर्ने हो भने ८१ प्रतिशत जनता गाउँमा बस्दछन् भने कृषिमा निर्भर भएको जनसंख्या तिन भागको हाराहारीमा छ । गरिबीको तथ्यांक पनि डरलाग्दो छ । भुकम्पपछि  २ देखि ३ प्रतिशत जनताहरु गरिबीको रेखामुनि जानसक्ने आँकलन गरिएको छ । हाम्रा गाउँमा यातायात, शिक्षा, स्वास्थय तथा अति आवश्यक पूर्वाधारहरु  पुग्न सकेका छैनन् । आर्थिक कृयाकलापहरु हुन नसकेको अवस्थाबारे हामी सबैजालई  जानकारी नै छ । यो बिचमा उन्नती प्रोजेक्टको एक अनुसन्धानले ४० प्रतिशत यूवावर्ग मात्रै बैंक तथा वित्तिय संस्थाबारे जानकार भएको देखाएको छ । ६१ प्रातिशत जनताहरु फाईनान्सियल कारोबारमा संलग्न रहेको तथ्यांकले देखाउँछ । यसमा ११ प्रतिशत सहकारीको भुमिका रहेको छ । करिब ५७ प्रतिशत जनताहरुले बचत रहेको छ । भने ४६ प्रतिशत जनताले मात्रै कर्जा लिएको देखिन्छ । ५४ प्रतिशत जनताहरुले कर्जा लिएको देखिदैन । त्यस्तै ८२ प्रतिशत जनता जनताहरु अझैपनि ईन्फर्मल मार्केटमा आवद्ध रहेको देखाईएको छ । त्यसले गर्दा यि सम्पूर्ण तथ्यांकले नेपालमा दु्रत रुपमा वित्तिय साक्षरताको कार्यक्रम सञ्चालन गर्न अति आवश्यक भईसकेको देखाउँछ । हाम्रा बैंक तथा वित्तिय संस्थाहरु दुर्गम ठाउँमा पुग्न नसकेको अवस्था विद्यमान छ । त्यसैले यो अभियानलाई द्ुत गतिमा विकास गर्नुपर्छ । यस अभियानलाई सञ्चालन गर्नको लागि नेपाल राष्ट्र बैंकले बोर्डबाट वित्तिय साक्षरता नीति बोर्डबाट पास गरेर सरकारमा पठाएको छ । त्यो नीति पास भएर आएपछि ५ वर्षिय योजनासँगै वित्तिय साक्षरताको अभियानलाई अघि बढाउने योजना बनाईरहेको छ । यसमा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजना संलग्न रहेको छ र यसले वित्तिय साक्षरताको अभियानलाई सहयोग पु¥याउँछ । अन्त्यमा, यस बैंकिङ खबर पोर्टलले तटस्थ रुपमा समाचार सम्प्रेषण गर्ने कामका साथै वित्तिय साक्षरताको अभियानलाई पूर्णता देओस् भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।   

४० प्रतिशतमा सिमित बैँकिङ पहुँच विस्तार गर्न बैँकिङ खबर
सूर्यप्रसाद आचार्य, वित्तिय महाशाखा प्रमुख, अर्थमन्त्रालय  
surya prasadईन्टरनेटको सुविधा भएको स्थानबाट सहज ढंगले बैकिङ जानकारी प्राप्त गर्न सकिने यस बैंकिङ खबर डटकमले वित्तिय साक्षरताको अभियानलाई आत्मसाथ गर्ने जमर्को गरेको छ । यो अत्यन्त सकारात्मक कुरा हो । सञ्चार माध्यमबाट वित्तिय सचेतता फैलाउनको लागि भरपुर सहयोग पुग्ने विश्वास पनि लिएको छु । आमसञ्चार माध्यमबाट वित्तिय साक्षरता दिन सकेको खण्डमा त्यो प्रभावकारी पनि हुन्छ । नेपालमा सन् १९८७ मा पहिलोपटक सिक्का निकालिएको थियो । आज ८५ वर्षको यो यात्रामा हामीले प्रविधिमा निकै ठूलो फड्को मार्न सफल भएका रहेछौँ । विभिन्न उतारचढाव पार गर्दै प्रक्रियागत ढंगले अघि बढेको वित्तिय क्षेत्रको यो विकास हेर्दा यसलाई एक किसीमको प्रगतिको रुपमा लिन सकिन्छ । यो विकासक्रम हेर्दा निकै लामो ईतिहास हामीले रचेका छौँ । सप्लाईड साईडबाट सेवा दिने अधिकाशं व्यक्तित्वको उपस्थितीमा यो कार्यक्रम गरिदैछ । यद्यपि, यो कार्यक्रमलाई सेवाग्राहीसमक्ष पनि पुर्याउनु जरुरी छ । यसवर्षको मौद्रीक नीतिको वित्तिय साक्षरताको कुरा पनि अगाडि ल्याएको छ । हाल हामी वित्तिय साक्षरता नीति तर्जुमा गर्ने सवाललाई लिएर अघि बढिरहेका छौँ । औपचारीक रुपमा बैंकिङ पहुँच जम्मा ४० प्रतिशतमा मात्रै सिमीत भएको छ । आजको मितिमा पनि हामी १९ प्रतिशत जनसंख्या वित्तिय क्षेत्र सँगको पहुँचमा आउन सकेको छैन । यस्तो अवस्थामा फाईनान्सियल ईन्क्लुजन एकदमै महत्वपूर्ण कुरा हो । साक्षरता अभियानमा भुकम्प प्रभावित जिल्लामा गरिएको अनुसन्धानबाट के देखिएको छ भने भुकम्पपछि सबै बैंक तथा वित्तिय संस्थाहरु शहरकेन्द्रित भएका छन् । यसअर्थले गर्दा अब दुरदराजमा दशौँ÷बिसौँको संख्यामा वित्तिय संस्थाहरु केन्द्रित छन् । २०२० सम्ममा  विश्वव्यापी पहुँचको जुन कुरा भईरहेको छ । त्यो हाम्रो पोलिसीले एड्रेस गर्न सकेको छैन । हाल अर्को समस्या भनेको विज्ञापन छ, तर प्रोत्साहन छैन । भनाईको अर्थ आज हामीलाई वित्तिय साक्षरताको कुरा हरेक क्षेत्रमा चाहिएको छ । अर्कोतर्फ बिमा सम्बन्धि जानकारी राख्ने प्रतिशत पनि अत्यन्त न्यून मात्रामा छ । शेयर मार्केट बढिरहेको छ । तर विकेन्द्रिकरण भएको छैन । हामीले सर्वसाधारणको पहुँचमा जानकारी पु¥याएका छैनौँ । यसकारण बैंक तथा वित्तिय संस्थासँग सरोकार राखेर कार्यक्रम सञ्चालन गर्नेले हरेक  तह र तप्कामा जानकारी पु¥याउनुपर्छ । अबका दिनमा औपचारीक च्यानलबाट पूँजी भित्राउन जरुरी छ । र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । पेन्सन, जेष्ठ नागरीक भत्ता, एकल महिला भत्ता, छात्राबृति जस्ता विभिन्न विषयमा वितरण गरिने पैसालाई फर्मल च्यानल अर्थात बैंकबाट बाँडिनुपर्दछ । अन्त्यमा, बैंकिङ खबर डटकमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

बैंक र सर्वसाधारणबिचको खाडल पुर्नको लागि बैंकिङ खबर 
upendra-2बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्याल 
वित्तिय साक्षरताको अभियानलाई साकार पार्नको लागि विधिवत् रुपमा सुरु भएको यस बैकिङ खबर डटकमले सूचनाको पहुँच दिनप्रतिदिन बलियो हुँदै गएको कुरा ईंगित गरेको छ । धेरै वर्षपहिले हामीले नेपाली मिडियाबाट बैंकिङ तथा अर्थसँग सम्बन्धित जानकारी, सूचना, समाचार प्राप्त गर्न सकेको स्थिती थिएन । त्यसबखत लण्डनबाट मगाएको पत्रिका चार दिनपछि मात्रै आईपुगेको हुन्थ्यो । अन्य विकल्पहरु पनि हामीसँग थिएन । यद्यपी आज हामीले वित्तिय साक्षरताका लागि बैंकिङ खबर डटकम नामक अनलाईन क्लिक गरेर कार्यक्रम समुद्घाटन गर्न पाएका छौँ । अब एक क्लिकमा पनि बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जानकारी हामीले सहजै प्राप्त गर्न सक्छौँ । त्यसकारण यो अत्यन्त खुसिको कुरा हो । बैंकिङमा फोकस गरेर बैंकिङ खबर नामक अनलाईन आएको छ, यस अनलाईनले बैंक तथा वित्तिय संस्थाक हरेक गतिवीधिलाई फोकस  गर्नेछ  र यथर्थापरक जानकारी अगाडि सारेर वित्तिय साक्षरताको अभियानलाई सफल पार्नेछ । सर्वधारण र बैंक तथा वित्तिय संस्थाबिचको खाडल पुर्नको लागि यो अनलाईनले विशेष भुमिका खेल्नेछ । एकातिर बैंकर्सहरुले पनि लगानीको लागि ठाउँ खोजीरहेको अवस्था छ भने अर्कोतर्फ बैंकिङ पहुँचको अभावका कारण मानिसहरुले पैसाको उपयोग  गर्न पाएका छैनन् । बैंकर्सहरुबिचमा पनि गहिरो खाडल छ, ता कि त्यो  सञ्चारको खाडल अब बैंकिङ खबरले पुर्न सक्नेछ । पछिल्लो समय आम सर्वसाधरणहरुमा वित्तिय साक्षरता क्रमश बढ्दै गएको छ । वित्तिय साक्षरतामा पत्रकार तथा मिडियाको पहुँच पनि तुलनात्मक रुपमा बढ्दै  गएको छ । यद्यपी, आज जुन रुपमा वित्तिय साक्षरता छ, त्यो असाध्यै न्यून मात्रामा भएकोले यसले सिंगो नेपालको अर्थतन्त्रलाई प्रभावित पारेको छ । यी सबै कुराहरुसँग एक किसीमको सञ्चार गर्नको लागि बैंकिङ खबरले अग्रणी भुमिका खेल्नेछ भन्ने अपेक्षा छ । 

संस्थागत रुपमा वित्तिय सेवा प्रयोगमा प्रोत्साहनका लागि बैँकिङ खबर
जि एस अर्याल उपसचिव, शिक्षा मन्त्रालय
gs aryalवित्तिय साक्षरताको यो अभियानमा लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साक्षरता अभियानको रुपमा सम्पूर्ण निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउने रिडिङ राईटिङ तथा म्याथम्याटिक्सको सम्पूर्ण जानकारीलाई बढि जोड दिएर सम्पूर्ण कार्यक्रम जानकारीसहित वित्तिय साक्षरताका बारेमा पूर्ण जानकारी दिनको लागि अग्रसर रुपमा सिंगो राज्य लागिपरेको छ । आयआर्जनका कार्यक्रम सञ्चालन गर्दा कारोबारका विषयहरु तथा कसरी आर्यआर्जन अभिवृद्धि गर्ने भन्ने बारेमा समेटेर जुन नीति बन्दैछ, पक्कैपनि त्यसले देशको अर्थतन्त्र उकास्नको लागि सघाउ त पु¥याउँछ नै, साथसाथै वित्तिय साक्षरताको विषयमा पनि कोहि नागरीक जानकारीबाट वञ्चित नहोस् भन्ने किसीमको नीति आईरहेको छ । साक्षरता कार्यक्रम शिक्षा मन्त्रालयबाट सञ्चालन हुँदैछ, यससँगै वित्तिय साक्षरताको विषय पनि सँगसँगै लैजाने बारेमा वृहत छलफल गरी लाग्नुपर्ने देखिन्छ । वित्तिय साक्षरताका विषयहरु आम सर्वसाधारणसमक्ष पु¥याउने सवालमा पनि हामी कतिपनि चुक्नुुहुँदैन । केहि विद्यालयहरुले वित्तिय साक्षरताको जानकारी आफ्ना विद्यार्थीहरुलाई दिन थालिसकेको अवस्था छ । यसलाई एउटा सकारात्मक सन्देशको रुपमा प्रवाह गर्नुपर्छ । अब बन्ने आयआर्जन अभिबृद्धि गर्ने नीतिको पनि व्यापक प्रचारप्रसार गर्नुपर्छ । भौगोलिक रुपबाट हेर्ने हो भने बजार क्षेत्र बढि भएको स्थानमा वित्तिय साक्षरता वा बैंकसँगको पहुँच क्रमिक रुपमा बढेको अवस्था छ । यद्यपी, ग्रामीण क्षेत्रमा अझै वित्तिय पहुँच विस्तार हुन सकेको छैन । तर क्रमिक रुपमा हामीमा वित्तिय साक्षरताको क्रम बढेको छ । उदाहरणको लागि सबै शिक्षकको तलब बैंकमार्फत वितरण गर्ने प्रक्रिया अबलम्बन गरेसँगै कुनै न कुनै रुपमा सम्पूर्ण शिक्षकहरु बैंक तथा वित्तिय संस्थासँग जानकार छन् । ग्रामीण एरियामा पनि एटिएमको मेशिन झोलामा बोकेर हिडेको अवस्था पनि देखियो । त्यसकारण ईच्छुक हुँदाहुदै पनि वित्तिय साक्षरताको अभियानबाट हाम्रा नागरीकलाई बञ्चित पार्नु हुँदैन । अर्कातर्फ हाम्रा बैंक तथा वित्तिय संस्थाहरु शहरमुखि बन्नु भएन । अन्त्यमा, वित्तिय साक्षरताको व्यक्तिगत तथा संस्थागत फाईदा भएको कुरा नर्कान सकिँदैन । व्यक्तिको क्षमता अभिबृद्धि गर्नको  लागि तथा सरकारको वित्तिय सुशासनको सम्बन्धमा पनि बैंकिङ खबरले महत्वपूर्ण भुमिका खेलोस् भन्ने अपेक्षा छ । 

वित्तिय सेवाबाट लाभ लिने चेतना जगाउनको लागि बैँकिङ खबर
suman dhakalसुमन ढकाल, वित्तिय साक्षरता प्रमुख, सक्षम नेपाल 
सक्षम नेपाल युके एडद्धारा सहयोग प्राप्त कार्यक्रम हो । हाल मध्य तथा सुदुरपश्चिमका आठ जिल्लाबाट सुरु भएर विस्तारीत रुपमा अघि बढीरहेको छ । करिब २३ वटा क, ख  वर्गका बैंक, वित्तिय संस्था तथा ईन्स्योरेन्स कम्पनिहरुसँग सहकार्य गरिरहेका छौँ । करिब ४ लाख विपन्न परिवारसँग सहकार्य गरि अघि बढिरहेका छौँ । जो यसभन्दा अघि वित्तिय पहुँचमा थिएनन् तिनलाई वित्तिय साक्षर बनाउन सफल भएका छौँ ।  वित्तिय साक्षरताको अभियानलाई नयाँ आयाम दिने जमर्को गर्दै सक्षम अगाडि बढिरहेको छ । यसर्थ बैकिङ खबर डटकम अनलाईनले पनि वित्तिय साक्षरताको यो अभियानमा कोसेढुङ्गाको भुमिका खेल्ने अपेक्षा पनि गरेका छौँ । वित्तिय साक्षरताको यो अभियानमा यहाँहरुसँग काम गर्न हामी ईच्छुक पनि छौँ । अवश्यपनि यस अनलाईले वित्तिय ज्ञानको दायरा फराकिलो पार्नेछ । र यो ऐतिहासिक कामको थालनी गर्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।  

सम्पूर्ण वित्तिय जानकारीका लागि बैंकिङ खबर 
त्रिलोचन पंगेनी, प्रवक्ता नेपाल राष्ट्र बैंक 
trilochan pangeniबैंकिङ खबर अनलाईन बैंकिङ क्षेत्रको समाचार जानकारी सशक्त ढंगले अघि बढाउनको लागि सक्षम हुनेछ भन्ने अपेक्षा र शुभेच्छा छ । वित्तिय साक्षरताका सन्र्दभमा भन्नुपर्दा हामीले स्कुल पढ्दाताका ७ ÷८ कक्षामा गणित विषय पढ्दा २÷३ प्रतिशतका दरले बैंकले ब्याजदर दिन्छ भन्ने, वा सावाँको कति प्रतिशत ब्याज वा कति अवधिको कति नाफा हुने जस्ता आधारभुत कुराहरु सिक्न पाईन्छ । त्यस्तै ईकोनोमिक्स्ट भन्ने पत्रिकामा वित्तिय साक्षरताको सम्बन्धमा अध्ययन गर्दा ७ ÷८ कक्षामा गणित विषय पढ्दाको याद आएको हो । यूरोपियनहरु ब्याज आम्दानी गर्ने तरीकामा निकै अगाडि र अमेरीकनहरु पछाडि परेको तथ्यहरु फेला पार्न सकिन्छ । उनिहरुमा पनि वित्तिय साक्षरताको कमी भएको कुराले यसलाई ईंगित गरेको छ । वित्तिय साक्षरता भन्ने वित्तिकै सर्वसाधारणमा बैंक तथा वित्तिय संस्था भन्ने वित्तिकै के बुझाई रहन्छ । अर्थात् उनिहरुले के बुझेका छन् भन्ने कुरा थाहा पाउन आवश्यक छ । यसका साथै उनिहरुको बुझाई के रहनुपथ्र्यो भन्ने अर्को कुरा पनि सँगै जोडिएर आउँछ । त्यसकारण हरेक व्यक्तिमा बैंकिङ रिस्क, बैंकिङ ईन्फ्लुएन्स, बैंकिङ ईन्ट्रेसको जानकारी सर्वसाधारणमा दिन आवश्यक रहेछ । बैकिङ खबर डटकमले यस्ता कुराहरुलाई ध्यान दिओस् भन्ने सुझाव दिदै वित्तिय साक्षरताको अभियानमा लागेको बैंकिङ खबरलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।    

पैसाको उचित व्यवस्थापनबारे सूसुचित गराउन बैँकिङ खबर
ईन्दिरा पन्त, बरिष्ठ वित्तिय साक्षरता अभियन्ता 
indira panta 1सर्वप्रथम बैकिङ खबरको टिमलाई धेरै – धेरै शुभकामना दिन चाहन्छु । खासगरी बैंक तथा वित्तिय संस्थाको सूचना, जानकारी, ताजा समाचार तथा सम्पूर्ण जानकारी प्रवाहका लागि यो टिमले चालेको अभियानले वास्तविक बैंक तथा वित्तिय क्षेत्रका सेवा तथा उत्पादनलाई जानकारी छिटो छरितो तथा हरपल जानकारी दिनको लागि सार्थक भुमिका खेल्नेछ भन्ने अपेक्षा गरेको छु । वित्तिय साक्षरताको यो अभियानमा म आफैँ संलग्न भएको कारणले पनि थप केहि कुरा राख्न चाहन्छु । खासमा नेपालका हरेक नागरीकहरु वित्तिय साक्षरताको पहुँचबाट टाढा जान नपरोस् भन्ने हामी सबैको अपेक्षा हो । यद्यपी आजपनि बैंक तथा वित्तिय संस्थाको पहुँचमा नभएका धेरै नागरीकहरु छन् । तिनले सम्पूर्ण रुपमा जानकारी नपाएसम्म हाम्रो अभियानले सार्थक रुप लिन सक्दैन । वित्तिय साक्षरताको पहुँचसम्म पुग्न नसकेका हरेकलाई मुलधारमा ल्याएर वित्तिय साक्षरताबारे जानकारी दिन बैंकिङ खबर डटकमले अग्रणी भुमिका खेल्न सकोस् भन्ने शुभेच्छा चाहन्छु । पैसा भनेको के हो, पैसाले के काम गर्दछ, पैसा कसरी कमाउने, खर्च कसरी गर्ने, लगानीको कुराहरु जस्ता यावत् पाटोहरुलाई नै सामान्य अर्थमा वित्तिय साक्षरताको रुपमा लिईन्छ । यद्यपी काम गर्ने सिलसिलामा भएको वित्तिय साक्षरतासम्बन्धिको बुझाई अलिक फरक छ । यसले सामान्य हिसाबको बुझाईजस्तो पैसाको कारोबारको अवस्थालाई मात्रै ईगिंत गर्ने होईन रहेछ, कि यो जीवनका बहुआयामिक पाटोहरुसँगै जोडिएर आउँदो रहेछ । त्यसकारण मानिसको स्वास्थ्य, शिक्षा पारिवारीक तथा संस्थागत सम्बन्ध लगायत सबै सञ्चालनको प्रक्रिया नै वित्तिय साक्षरतासँग जोडिएर आउँदो रहेछ । हाल ४० हजार शैक्षिक संस्थाहरुबाट ९० लाख मानिसहरुले ज्ञान हासिल गरिरहेको तथ्यांकले देखाएको छ । ति शैक्षिक संस्थामा हामी वित्तिय साक्षरताको कार्यक्रम लिएर जान सकेका छैनौँ । त्यसकारण पनि वित्तिय पहुँच, साक्षरता तथा अनुशासन नभएको हो । हामीले वित्तिय साक्षरता बढाउने हो भने हामी हाम्रा शैक्षिक संस्थासँग अनिवार्य रुपमा जोडिनुपर्छ । अर्को कुरा भनेको अर्थतन्त्रको महत्वपूर्ण भाग रेमिट्यान्स हो । त्यसकारण रेमिट्यान्ससँग आधारीत भएका वा जोडिएका घरपरिवार समक्ष पनि यो अभियानलाई पु¥याउन जरुरी छ । हामीले पछिल्लो समय स्कुल, कलेजमा गएर विद्यार्थी शिक्षक तथा अभिभावकसँग वित्तिय साक्षरताका विषयमा जानकारी गराउने काम निरन्तर गरिरहेका छौँ । सबै बैंक तथा वित्तिय संस्थाहरुले अब यो अभियानलाई हातेमालो गर्दै अघि बढाउनु आवश्यक छ । यदि हामीले यो अभियान चाल्ने हो भने आर्थिक बृद्धिको लागि धेरै समय पर्खनुपर्दैन भन्ने मेरो बुझाई छ । अन्त्यमा, बैंकिङ खबर अनलाईनले सुरु गरेको ऐतिहासिक अभियानलाई सदैब साथ दिनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । 

समग्र बैंकिङ सूचना केन्द्र हो, बैँकिङ खबर
माधव निर्दोष, प्रधान सम्पादक बैंकिङ खबर डटकम 
madhav nirdoshबैंकिङ खबर डटकम अनलाईनको समुद्घाटन कार्यक्रममा पाल्नुभएका नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, अन्य पदाधिकारीहरु विभिन्न बैंकका प्रमुख, बैंकर्स, तथा वित्तिय संस्थासँग आवद्ध भएका व्यक्तित्वहरुको उपस्थितीले हामीले सुरु गरेको बैंक तथा वित्तिय संस्थाहरुको सम्पूर्ण जानकारी अर्थात् सुचना केन्द्र, जसलाई वित्तिय साक्षरताका लागि बैंकिङ खबर भनेर सुरु गरेका छौँ । यहाँहरुको यो उपस्थितीले बैंकिङ खबर डटकम अनलाईनको यो अभियानलाई अझ प्रेरणा मिलेको छ । पत्रकारीता क्षेत्रमा हामीले नयाँ अध्यायको थालनी गरेका छौँ । मुलुकको अर्थतन्त्रको सबलीकरणको लागि विशेष गरी बैंक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको छ । यद्यपी लगानीका पाटाहरु धेरै फराकिलो र व्यापक रुपमा भएतापनि बैंक तथा वित्तिय संस्थाहरुले लगानीलाई सुरक्षित ढंगले परिचालन गर्न पाएका छैनन् । त्यो लगानीका अन्य मार्गहरु खोज्ने र बैंक तथा वित्तिय क्षेत्रका लगानीलाई सहि ढंगले परिचालन गर्ने, हरेक नेपाली नागरीकसँग भएको रकम बैंकसम्म ल्याउने, बैंक तथा वित्तिय संस्थाहरुलाई नागरीकको पहुँचसम्म पु¥याउन जानकारी दिने, राष्ट्रिय योजना बनाउने तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउने, विभिन्न पाटोमा लगानी गरेर देशलाई समृद्ध बनाउने हामी सबैको एउटा साझा उद्येश्य छ । मुलुकको राजनीतिक अस्थितरता र संक्रमणकालीन अवस्थाले हामीलाई पछाडि पारेको भएतापनि अबका दिनमा देशको अर्थतन्त्रको विकास गर्ने तथा देशको राजनीतिमा सुधार आएर देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ र हामीले बैंकिङ खबर डटकम अनलाईन संस्करणबाट वित्तिय साक्षरताको लागि केहि योगदान पु¥याउँदै थप समृद्धिका पाटोहरुमा मुलुकलाई लैजान चाहेका छौँ । यसैको फलस्वरुप हामीले औपचारीक रुपमा बैंकिङ खबर अनलाईनलाई समुद्घाटन गर्ने सुअवसर प्राप्त गर्न सक्यौँ । यसमा हामीले बैंक तथा वित्तिय संस्थामा भएका हरेक गतिविधीलाई प्रकाशन गर्दछौँ । जसबाट बैंकीङ सेक्टरका साथै बैंकसँग सरोकार राख्ने सम्पूर्ण उपभोक्ता तथा आम नागरीकहरुले सहजै जानकारी पाउन सकुन् भन्ने हाम्रो मुल उद्येश्य रहेको छ । बैंकले ल्याएका सुविधाका जानकारी हुन् वा आम नागरीकले जान्न चाहेका विषय यी यावत् विषयलाई हामी बैंकिङ खबरमा प्रकाशन गर्नेछौँ । बैंक तथा वित्तिय क्षेत्रमा काम गरेका व्यक्तिहरुबाट पनि यदाकदा त्रुटिहरु भएका होलान् यद्यपी यी कुराहरुलाई न्यूनिकरण गर्ने साथै बैंकिङ सेक्टरसँग आम नागरीकले राख्ने गुनासोहरुको बारेमा बैंकीङ क्षेत्रको माथिल्लो सम्बन्धित निकायलाई जानकारी गराउनको लागि पनि हामीले प्रभावकारी भुमीका खेल्न सक्नेछौँ भन्ने अपेक्षा र अठोट राखेको छु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]