October 21st, 2016

सिद्धार्थ बैंकले संचालनमा ल्यायो “सिद्धार्थ ई–सेवा खाता” 

photoसिद्धार्थ बैंकले ई–सेवाका ग्राहकहरुलाई लक्षित गरी विहीबार (कात्तिक ४ गते) देखि “सिद्धार्थ ई–सेवा खाता” संचालनमा ल्याएको छ । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहकहरुले निःशुल्क चेकबुक, इलेक्ट्रोनिक बैंकिङ्ग प्याकेज लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफुलाई पायक पर्ने ई–सेवाका कुनै पनि आधिकारिक प्रतिनिधि मार्फत् यो खाता सजिलै खोल्न सक्नेछन् । 

शुन्य मौज्दात र विभिन्न आकर्षक सुविधाहरुसहितको यस खातामार्फत् ई–सेवाका प्रविधिमैत्री ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्न सफल हुने कुरामा बैंक विश्वस्त छ । ई–सेवाका ग्राहकहरुलाई ई–सेवाका कुनै पनि आधिकारिक प्रतिनिधिमार्फत् “सिद्धार्थ ई–सेवा खाता” खोल्ने आधिकारिक सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्यालले र ई–सेवाका तर्फबाट ई–सेवा फोनपे प्रा. लि का अध्यक्ष श्री असगर अलीले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल नेपालभर रहेका आफ्ना ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]