October 21st, 2016

हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद कात्तिक २६ गतेदेखि

himalayan bankहिमालयन बैंकले आगामी कात्तिक २६ गतेदेखि १४ प्रतिशत अर्थात सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि बैंकले यहि कात्तिक १० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । जसअनुसार, कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
 
हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । १४ प्रतिशत हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी पाँच अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । 

बैंकको हकप्रदमा यहि कात्तिक २३ गतेदेखि मंसिर ३० गतेसम्म आवेदन गर्न पाइनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]