October 21st, 2016

पहिलो त्रैमासमै सिटिजन्स बैंकको कमालको प्रगति : कमायो साढे ३४ करोड मुनाफा

citizens bankसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा ३४ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा १४१.७४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्सले १४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

५ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले कर्जातर्फ ३७ दशमलव १६ प्रतिशतले बाढाएर ४३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४१ दशमलव ६७ प्रतिशतले बढेर ४३ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय ८ दशमलव ७७ प्रतिशतले बढेर ३५ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६ करोड २५ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले ४४ करोड ५८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । 

बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव ४५ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ७३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ९३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २३ दशलमव २६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ७७ रुपैयाँ र तरलता अनुपात २४ दशमल ४५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]