October 21st, 2016

 सिभिल बैंक र बुम रेमिटबीच सम्झौता, खाडी मुलुकका नेपाली लाभान्वित हुने

20161020_133115सिभिल बैंक लिमिटेडले रेमिट्यान्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रालिसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । यस सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका सीईओ महर्जनले बताए । 

साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिट्यान्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिट्यान्स र बेस्ट रेमिटसँग सम्झौता गरी रेमिट्यान्स सेवा दिंदै आएको छ । यसबाहेक बैंकले आफ्नै रेमिट्यान्स सेवा सिभिल बैंक रेमिट पनि सञ्चालन गरिहेको छ । यस कम्पनीले ३००० भन्दा बढी सब एजेन्टहरु मार्फत रेमिट्यान्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि.सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको सिभिलले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त खरिद पश्चात् बैंकको चुक्तापुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]