March 4th, 2016

‘सरकारी क्याम्पस’ले जन्माएको  डेपुटी गर्भनर : ‘रियल फेस’ मा चिन्तामणी सिवाकोटी  

DSCN9946हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका चिन्तामणी सिवाकोटी २०४४ सालमा प्रधान सहायक (नासु स्तर) पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । उनले नेपालबाट एमविए तथा अमेरिकाबाट फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन् । उनीले कानुन विषयमा स्नातक पनि गरेका छन् । इटलीमा माइक्रो फाइनान्सको वोल्डर ट्रेनिङ लिएका उनले निरिक्षक र सुपरिवेक्षक सम्बन्धि कोरियाबाट तालिम लिएका छन् । माइक्रो फाइनान्समा वढी विज्ञता रहेका उनको सुपरिवेक्षण, विदेशी विनिमयमा अनुभव छ । २०२२ साल साउन ६ गते तेह्रथुममा जन्मिएका चिन्तामणीले कक्षा १ देखि कक्षा ४ सम्म तेह्रथुममै पढेका थिए । पछि उनको परिवार मोरङको अमरदहमा बसाईसरेका कारण मोरङकै पब्लिक माध्यमिक विद्यालयबाट उनले प्रथम श्रेणीमा एसएलसी उर्तिण गरे । प्लस टु सम्मको पढाई मोरङको महेन्द्र विद्या आश्रममा सकेपछि  २०४३ सालमा उनी उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरेका थिए । स्नातक तह र स्नातकोत्तरको पढाइ काठमाडौंको नेपाल कमर्स क्याम्पस मिनभवनबाट पूरा गरेका थिए । सरकारी क्षेत्रमा काम गर्न रुची राख्ने उनले व्यवस्थापन पढ्दापढ्दै खरीदार र सुब्बामा नाम निकाले । त्यो भन्दा अघि उनले स्नातक तह पढ्दा पढ्दै १ बर्ष शिक्षक पेशा र त्रिविमा १ बर्ष लेखापालको रुपमा काम गरिसकेका थिए । उनी प्रधान सहायक (नासु स्तर) बाट २०४४ सालमा नेपाल राष्ट्र बैंक छिरेका हुन् । सरकारी सेवामा नाम निकालेपछि उनलाई थप सफलता मिल्न थाल्यो । २०५८ सालमा उनले सयूक्त राज्य अमेरिकामा बसेर व्यवस्थापन विषयमा स्नातकोत्तर गरे । त्यसको अलवा उनले विएल र एलएलवी पनि गरेका छन् । जसले यतिबेला एउटा सफल उचाई प्राप्त गर्दै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्ने शौभाग्य पाए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]