October 19th, 2016

सुनको सिक्का पाउने आशामा दिनरात जमिन खन्दै राजस्थानका जनता

coinsकेही दिनयता दिनयता भारतको राजस्थानस्थित एक गाउँमा आश्चर्यलाग्दो दृश्य देखिँदै आएको छ । यहाँका सबै स्थानीयवासी सुनको सिक्काको खोजीमा लागेका छन् । आसपासका गाउँका बासिन्दा पनि सिक्का खोज्न आएका छन् । सामाजिक सञ्जालमा सुनको सिक्का पाउने किसिमको सन्देश अपलोड भएपछि स्थानीयवासीहरु दिनरात सिक्काको खोजीमा लागेका हुन् । उक्त ठाउँमा खनिसकेपछि केहीलाई १ सय वटा सिक्का मिलेको पनि बताइएको थियो । 

सिक्का खोज्नेको भीडले मेलाको जस्तै माहौल खडा गरेको छ । प्रहरीले सिक्का खोज्नेहरुलाई धपाएपनि उनिहरु बारी खन्नका लागी फेरी जुटेका छन् । प्रशासनिक र प्रहरी अधिकारी पनि तीन दिन देखि गाउँमै बस्दै आएका छन् । उक्त गाउँका बासिन्दाले रातको समयमा पनि सुनको सिक्काको खोजीमा टर्च र मोबाइलको उज्यालोको साहारा लिने गरेका छन् । 

यो विषयमा अनुसन्धान गर्न आदेश दिइएको जिल्ला कलेक्टर लोकेशकुमार गौतमले बताए । उनले सुनको सिक्काको फोटो बाहेक अन्य कुनै जानकारी नमिलेको बताए । यदि सुनको सिक्का मिलेको खबर आयो भने यसलाई जफत गरेर सरकारी कोषमा राखिने पनि उनले बताए । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]