October 16th, 2016

काठमाडौँका पाँच स्थानमा ‘फ्रि भाइबर सेवा’

viberकाठमाडौंका पाँच स्थानमा फ्रि भाइबर सेवा सुरु भएको छ । विश्वकै अग्रणी सन्देश प्रदायक एप्स भाइबरले ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट शान्तिनगर, निमन्त्रणा रेष्टुरेन्ट काठमाडौं मल र डिजी टेक पाको न्युरोडमा फ्रि भाइबर सेवा सुरु गरेको हो । 

सुविसु केवल नेटको सहकार्यमा भाइबर प्रयोगकर्ताले असिमित निशुल्क इन्टरनेटमार्फत सित्तैमा कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्ने सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]