October 16th, 2016

बैंकर्सको दशैं : कसले कसरी मनाए ?

असोज १५ गते घटस्थापनाको दिनदेखि सुरु भएको नेपालीहरुको महान् चाड दशैँ सकिएको छ । असोज २२ गते फूलपातीको दिनदेखि प्रायः सबै कार्यालयहरु बन्द रहे । बैंकहरु पनि बन्द रहे । बैंकरहरुले आआफ्नै तरिकाले दशैँ मनाए । बैंकरहरुका यसपालीको दशैँ लागि कस्तो रह्यो त ? बैंकिङ खबर डट कमका लागि सहकर्मी नारदमुनि सिग्देलले केही बैंकरहरुसँग कुराकानी गरेका छन् ।

चिन्तामणि शिवाकोटी, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
chintamani-siwakotiयसपालीको दशैँ ठिकै भयो । ससुरालीमा टिका थिएन । बिर्तामोड मामाघरमा ९५ वर्षको बृद्ध मामाबाट टिका लगाउने अवसर मिल्यो । पोहोरको दशैँ काठमाडौंमा मनाएको थिएँ । नाकाबन्दी र तराईमा आन्दोलन थियो । घुम्ने अवस्था थिएन । अहिले शान्तिपूर्ण वातावरण छ । त्यसैले घुम्न जाने अवसर पनि मिल्यो । पाथीभराको दर्शन गर्न गएँ । त्यहाँ चढाएको भेटि अर्थात पैसाको सदुपयोग नभएको पाएँ । त्यसलाई सदुपयोग गर्नका लागि छिट्टै पहल गर्न लागेको छु । पहिले पहिले आजको जस्तो विकास थिएन । सबै कुराको सुविधा थिएन । मानिसहरु आजजस्तो सम्पन्न थिएनन् । अवस्था फेरिएको छ । त्यसैले, दशैँ मनाउने तरिका फेरिएका छन् । 

 

उपेन्द्र पौडेल, अध्यक्ष, नेपाल बैंकर्स संघ
upendra-poudelअहिलेको दशैँमा मन्दिर गइयो, टिका लगाइयोे, सबै आफन्तसँग भेटघाट गरियो । अफिस बन्द भएकाले पहिले भन्दा केहि फ्रि नै भएको थिएँ । त्यसकारण अहिले घुमघाम गर्ने अवसर पनि मिल्यो । तर पोहोर जस्तो रमाइलै भने हुन सकेन । पोहोर छोरीहरुसँग भेट भएको थियो । यसपाली त्यो अवसर मिलेन । त्यसैले, पोहोर जस्तो रमाइलो त भएन । तरपनि, समग्रमा भन्नुपर्दा रमाइलै भयो ।

 

धर्मराज पाण्डे, अध्यक्ष, लघुवित्त विकास बैंकर्स संघ 
dharmaraj-pandeyयो सालको दशैँ समग्रमा रमाईलै भयो । आफन्त, ईष्टमित्र, साथीभाईसंग भेटघाट गरियो, सँगै खाना खाइयो । पोहोर नाकाबन्दीले गर्दा चाडपर्वमा पनि सबैमा नैरास्यता छाएको थियो । घर जानका लागि धेरै सास्ती थियो । महंगी यो सालभन्दा बढि नै थियो । हरेक कुरामा समस्या आएको थियो । यसपाली त्यस्ता समस्या रहेनन् । यस हिसाबले पनि यसपालीको दशैँ पोहोर सालभन्दा रमाइलो भयो ।  

 

सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल वित्त संघ
sarojkaji-tuladharदशैँको बेलामा बिदा हुने हुनाले मलाई पनि केहि फुर्सद मिल्ने गर्दछ । यो समयमा साथीभाई, आफन्तलाई भेटघाट गर्ने, टिका लगाउने, सँगै खानपिन गर्ने, यस्तै यस्तै गरेर दशैँ मनाए । बर्षमा १ पटक आउने चाड, अरु बेलामा बढि व्यस्त हुने हुन्छु । त्यसैले नि दशैँमा रमाइलै गर्नु पर्छ जस्तो लाग्छ र रमाईलै हुने गर्छ पनि  । मेरो अहिलेको र पोहोर सालको दशैँ खासै फरक भएन । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]