March 4th, 2016

‘डाक्टरलाई पनि वित्तिय साक्षरता आवश्यक छ’

त्रिलोचन पंगेनी, प्रवक्ता, नेपाल राष्ट्र बैँक
trilochan pangeniवित्तिय साक्षरता भनेको मुलुकभित्र बस्ने सबै नागरीकले बैंक तथा वित्तिय संस्थाको कारोबारको व्यवस्थाको सम्बन्धमा बुझ्नु, जान्नु वा निर्धारीत मापदण्ड भित्र बसेर कारोबार गर्न सक्ने अवस्थालाई बुझाउँछ । बैंक तथा वित्तिय संस्थासँग कारोबार गर्न डराउने, आफ्नो पूँजी सुरक्षित हुन्न भन्ने किसीमको महशुस गर्ने धेरैजसो मानिसहरु यस्तो पिछडिएको मानसिकताबाट बैंकिङ कारोबारको सुरक्षित प्रयोग, उद्यमी तथा व्यवसायिले कर्जासम्बन्धि सम्पूर्ण जानकारी लिनु, ऋण लिएर उद्यमशिलता गर्न सक्ने बन्नु नै वित्तिय साक्षरताको सार्थकता हो । वित्तिय साक्षरतापछि व्यक्तिले घरमा राख्ने पैसालाई बैंकिङ च्यानलमा राख्न थाल्दछन् ।  बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकका साना ठूला गरी सबै किसीमका पूँजीलाई सुरक्षित रुपमा राख्ने काम गर्दछ । सो पूँजीलाई आवश्यकता अनुसार लगानी पनि  गरिरहेको हुन्छ । र बैंक तथा वित्तिय संस्था भनेको के हो, यसले के गर्छ ? मानिसका लागि बैंक किन चाहिन्छ ? सुरक्षित लगानीका लागि किन बैंक नै रोज्ने भन्नेजस्ता सबै कुराहरुको बारेमा विस्तृतमा जानकारी दिने काम नै वित्तिय साक्षरता हो । लगानीको प्रतिफल, कुन बैंकको सेवा कस्तो छ, ब्याजदर भनेको के हो, जस्ता बैंक र वित्तसम्बन्धि सरोकार राख्ने तर आम मानिससँग जोडिएर आउने  यि विभिन्न पाटोहरुलाई छर्लंग गरी बुझाउने काम नै वित्तिय साक्षरता हो ।  

भए के हुने नभए के हुने ? 
वित्तिय साक्षरता भएको खण्डमा वित्तिय अनुशासन हुन्छ । वित्तिय साक्षरता  नभएको खण्डमा आम मानिसलाई बैंकले दिएको सेवा सुविधा समेत थाहा हुँदैन । यसकारण वित्तिय साक्षरता अति आधारभुत कुरा हो । वित्तिय साक्षरतालाई  नेपाल राष्ट्र बैंकले अभियानको रुपमा लिएको छ । आर्थिक संकटको कारण वित्तिय साक्षरताको संकट हो । वित्तिय साक्षरताको अभावमा नै विश्वमा वित्तिय संकट निम्तिएको हो । वित्तिय साक्षरता सिंगो अर्थतन्त्रसँग जोडिएको विषय पनि हो । त्यसकार संसारभरी यसलाई अभियानको रुपमा अगाडि बढाईएको पाईन्छ ।   

यसकारण आवश्यक छ, वित्तिय साक्षरता 
विश्व परिप्रेक्ष्यलाई हेर्ने हो भने नेपाल विकासशिल मुलुक हो । नेपालमा आधारभुत सामान्य साक्षरता पनि नभएको अवस्थामा वित्तिय साक्षरताका सवालमा नेपाल केहि पछि नै देखिन्छ । यसर्थ अन्य विकसित मुलुकको जस्तो वित्तिय साक्षरता हुन समय लाग्ने देखिन्छ । यद्यपी वित्तिय साक्षरतामा विकसित मुलुक पनि तुलनात्मक रुपमा पछाडि छन् । त्यसैले वित्तीय साक्षरताको अभावमा विश्वमा वित्तीय संकट आएको हो । वित्तिय साक्षरता हरेक तह र तप्काका व्यक्तिको लागि आवश्यक छ । डाक्टर पढ्नेको लागि पनि वित्तिय साक्षरता आवश्यक छ । विजनेस गर्ने बैंक तथा वित्तिय संस्थाहरुसँग कारोबार गर्ने, कुन बैंक तथा वित्तिय संस्था राम्रो छ, छैन वा कति गुणस्तरिय छ, भन्ने बारेमा जानकारी दिनको लागि पनि यो आवश्यक छ । वास्तवमा नेपालमा संख्यात्मक बृद्धिसँगै आमनागरीक समक्ष वित्तिय साक्षरता बढाउन सकिएको छैन । तर मुलुकभरी वित्तिय सेवा पुगोस् भन्ने हेतुले वित्तिय क्षेत्रको विस्तार गर्ने काममा नेपाल राष्ट्र बैंक लागिपरेको छ । फलस्वरुप धेरै बैंक तथा वित्तिय संस्थाहरु खुलेका छन् । विकास बैंक तथा वित्त कम्पनिहरु खुल्ने क्रम जारी छन् । हाल सबै खालका गरेर मुलुकभित्र करिब १९० वटा भन्दा धेरै बैंक तथा वित्तिय संस्थाहरु छन् । यिनिहरुको शाखा विस्तार भएसँगै बैंक तथा वित्तिय संस्थामा जनताको पहुँच पुगेको छ ।  वित्तिय क्षेत्र र बैंक के हो भन्ने पाटोमा केहि हदसम्म  जानकारी भएतापनि अझै मानिसहरुलाई पूर्ण रुपमा जानकारी पु¥याउन सकिएको छैन । मानिसमा सबै किसीमको ज्ञान हुँदैन । यद्यपी हरेक नागरीकलाई बैंकसँग परिचित होस् भन्ने हेतुले नै वित्तिय साक्षरता अनिवार्य हुनुपर्छ, भनेर आवश्यकता महशुस भईरहेको छ । अझै पछिल्लो समय विद्यालय तहबाट नै स्कुलका पाठ्यक्रममा यो विषयलाई समावेश गर्नको लागि आवश्यक सरसल्लाह भईरहेको छ ।   

फरक छ, गाउँ र शहरको पद्धति 
तचष्यिअजबल कष्चवित्तिय साक्षरतासम्बन्धि गाउँस्तमा र शहरमा फरक किसीमको जानकारी चाहिएको छ । भौगोलिक हिसाबले गाउँमा बसोबास गर्ने व्यक्तिको चेतनाको स्तर र शहरमा बसोबास गर्ने व्यक्तिको चेतनाको स्तर फरक हुन्छ । यसमा भौगोलिक, आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिक, धार्मिक, जातिय, आदि धेरै कारणले फरक पारेको हुन्छ । यसकारण हामीले वित्तिय साक्षरता अभियान सञ्चालन गर्दा पनि उनिहरुको चेतनाको स्तर हेरेर मात्रै कुन किसीमको कार्यक्रम प्रभावकारी हुन्छ, भन्ने योजना बनाउनुपर्छ भन्ने बारे छलफल भईरहेको छ । ग्रामीण जनताको लागि  बैंक के हो, चेक भनेको के हो, बैंकमा किन पैसा सुरक्षित हुन्छ, लगानिका लागि  कसरी ऋण लिन सकिन्छ भन्ने जस्ता अति आधारभुत कुराहरुको बारेमा जानकारी  दिन सकिन्छ भने शहरी क्षेत्रका मानिसहरुलाई एटिएम भनेको के हो, यसका फाईदा बेफाईदा, यसको सुरक्षित प्रयोग लगायतका विषयमा जानकारी दिनु  उपयुक्त हुनसक्ला । त्यसकारण मानिसको आन्तरीक तथा बाह्य तत्वहरुले  यसमा फरक पार्न सक्ने भएकोले  हाम्रा कार्यक्रमपनि त्यहि अनुरुप तयार पार्नुपर्छ ।

यसकारण घटबढ हुन्छ ब्याजदर 
बैंकले दिने ब्याजदर घटबढ भईरहेको हुन्छ । ब्याजदर घट्ने वा बढ्ने ईन्डिकेटर  खासै केहि हँुदैन । तथापी तरलताको अवस्थाले यसमा प्रभाव पारिराखेको हुन्छ । बैंक तथा वित्तिय संस्थाहरुलाई साधन आवश्यक परेको अवस्थामा वा भएका स्रोत साधनले नभ्याउने अवस्थामा मात्रै ब्याजदर बढ्ने हुन्छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको व्याजदर घटबढ हुनेवित्तिकै राष्ट्रियस्तरको पत्रिकामा सूचना जारी गरिएको हुन्छ । बैंकहरुको वेभसाईटमा जानकारी राखिन्छ । बैंकसँग खाता खोल्ने क्रममा पनि बैंकमा भएका गतिविधि अर्थात् ब्याजदर घटबढको कुराबारे मोबाईलमा एसएमएस गर्ने वा ईमेल गर्ने भनेर जानकारी गराईएको हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]