October 14th, 2016

विकासमा हातेमालो गर्दा म्याग्दीबासी जोडिदैछन् संसारसँग  

1-6-300x225पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएको हो । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म पचास लाख रुपैयाँ जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए । 

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । हालै बेनीमा भएको मोनाको प्रथम साधारणसभाले वित्तीय स्रोत व्यवस्थापनका लागि जिविस र मोनाबीच भएको सम्झौतालाई अनुमोदन गरेको थियो ।

मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । चार करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले पचास प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ ।मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा अत्याधुनिक सञ्चार प्रविधिको सुविधा उपलब्ध गराउन जिविसले सबै बस्तीमा इन्टरनेट सेवाको पहुँच पु¥याउने योजना सञ्चालन गर्न लागेको हो । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]